पहिलो नेपलिज अमेरिकन कन्भेन्सन को तयारी अग्र रुपमा !!




यही अप्रिल २१ बिहिबारको दिन पहिलो नेपलिज अमेरिकन कन्भेन्सनको आयोजक एफ वन ग्रुप र एक्सुकेटिभ टिमका बिच, अहिले सम्मको प्रगति र अागामी  दिन हरुको तयारीको बारेमा छलफल भएको छ ! 

खेलकुद तर्फ अहिले सम्ममा फूटबल तर्फ़ न्युयोर्क, डिसी, बाल्टिमोर-सियेटल, डालस, सन् फ्रान्सिस्को आदि गरेर १० वोटा टिम को रजिस्टर भईसकेको छ भने भलिबल, क्रिकेट र बास्केटबलमा टिमहरु रजिस्टर हुनेक्रम जारी नै रहेको स्पोर्ट्स कोअर्डिनेटर उत्तम थापाले बताउनु भएको छ ! 

यसैगरि आफ्नो नृत्य र प्रस्तुति देखाउन नेपालका चर्चित नायिका प्रियंका कार्की आउदै हुनुहुन्छ ! खेलकुद तर्फ सबैटिम हरुको रजिस्टर भईसकेको हुनाले, अब कार्यक्रमको अन्य तयारीमा लागिने छ ।
जो सफल बेक्तित्व जसले समाज लाई अघि सार्न महत्वपूर्ण भूमिका खेलेका छन्, त्यस्ता  ब्यक्तित्व  हरु मध्ये एक जनालाई चिफ गेस्ट को निमंत्रणा गरिने भएको छ ! खेलकुद र मनोरंजन बाहेक, उक्त सम्मेलनमा भाग लिन आएका महानुभाबहरुमा कस्तो खालको क्रियाकलाप ल्याउदा राम्रो हुने भन्ने कुरा को बहस जारी छ ,त्यसको निम्ति कार्यक्रममा एक्सुकेटिभ  टिम को तर्फ़ बाट उमा कार्की थापा, शान्तिराम ढकाल, राजेन्द्र सिवाकोटी, लक्ष्मन नेपाल, जसवन्त श्रेष्ठ को साथ् साथै एफ वान ग्रुपका तर्फ़ बाट बास बिस्सु, उत्तम थापा, सौगात भट्टराई, बिशाल ढकाल थिए ,त्यसै गरि भलिबल कोअर्र्डिनेटर गंगा बस्नेत, अनुषा कार्की, रस्मिता भण्डारी, याम थापा को पनि उपस्थिति रहेको थियो ।

को हुन् त आयोजक एफ वान ग्रुप?

अमेरिका पढ्ने आएका बिद्यार्थीहरुको पहलमा २०१३ सालमा उक्त संस्था लस एञ्जलस मा खोलिएको हो ।
लस एञ्जलस स्थित कालिफोर्निया स्टेट युनिभर्सिटीका मास्टर ग्रैजुएट बिद्यार्थी हरुको संग्लनतामा  खोलिएको संस्था हो ,बिगतमा आफु हरु बिद्यार्थी हुदा - हुदै पनि, आफु हरु सबै मिलेर ६००० डलर बराबर को छात्रवृति प्रदान गर्नु का साथै भर्खर मात्र गोर्खामा स्कूल निर्माण को संयोजन गरेको एफ वन ग्रुप ले आयोजना गर्ने कन्भेन्सनमा सबै क्षेत्रबाट  सहयोग गरिरहेको एफ वान ग्रुप का प्रमुख एंव कन्भेन्सनका चिफ कोअर्डिनेटर  बास बिस्सु ले बताउनु भएको छ । 

आफु हरु पनि आफ्नो करिअरमा भर्खर बामे सरेका युवाहरुको प्रयास र समाजमा युवाहरुको भूमिका अत्यन्तै महत्वपुर्ण हुने हुदाँ समाजका अग्रज तथा विभिन्न संग संस्थाहरुको पूर्ण साथ् मिलेको कारणले पनि केहि कठिनाई झेल्नु नपरेको  बास बिस्सु बताउनु हुन्छ ।

एफ वन ग्रुप ले २०१३ मा अमेरिका मा रहेका एफ वन नेपाली बिद्यार्थी हरु छ जनालाई $१००० छात्रवृति दिईसकेको  छ ।

२०१४ मा गोर्खा बजार स्थित लक्ष्मी माबि लाई $३२०० बराबर को स्कूल सामग्री वितरण गरिएको थियो भने २०१५ मा बेनेफिट नेपाल मेगा कार्यक्रम मा पहिलो मिस नेपाल कलिफोर्निया आयोजना गरेर बिद्यालय निर्माण को लागि आर्थिक सहयोग जुटाएको थियो ।

उक्त आर्थिक सहयोग  नेपालको महाभुकम्प पछि  लस एञ्जलास नेपाली समुदाय तथा आमा फाउन्डेसन को सहयोग मा २०,००० $ मा गोर्खा को तरखासे मा ५ कोठे भवन निर्माण गरिएको थियो ।