खोइ सरकारको दायित्व -हरिराम सिग्देल



दिपावली थिएन तर दिपावली भन्दा कम थिएन गाउँ शहर बस्ती बस्ती मा उमंग थियो,बाल बालिका वृद्ध ,युवा सबै खुसी भए रमाय।हर आगन सजिय,दिप हरु धप धप बले,देश बिदेश मा रहेका सारा नेपाली रमाए सामजिक संजाल का भित्ता हरु सजिए बेहुली भन्दा कम थिएन नेपाल। हत्या,हिम्सा,बलिदान,आन्दोलन,संकटकाल,जनयुद्ध झेली करिब सात दसक को यात्रा पछि आफ्नै जनप्रतिनिधि बाट पाए का थिए संबिधान। सबै नेपाली देशले नयाँ संविधान पाएको खुशियालीमा मस्त रमाए , मस्त झुमे । हरेक नेपालीको मन रमायो ।कति बुझेर रमार कति हर्ष मा रमाए।

       सात दशक लामो त्याग र तपस्या पछी आएको संबिधान लामो समयको प्रतिक्षापछि बनेको संविधानबाट को पो खुशि थिएन होला र। असन्तुष्ट दल र नेताहरुको आलोचनाका  बाबजुत पनि अन्तत नेपालीहरुले सविधान पाइ छाडे ।

किन रमाए यति धेरै जनता ?

  बढ्दो कालोबजारी, बढ्दो लोडसेडिङ,  बढ्दो घुसखोरी र भ्रष्टाचार, इन्धनको बढ्दो अभाब, भुकम्पको बिनाश सबै सहेर बस्न बाध्य छ्न जनता मा आसा थियो, अब हाम्रो देश बन्ने छ । आरुको भर पर्नु पर्दैन ,सबल हुनेछ ।शान्तिको बाटोमा हिँड्ने छ । विकासको बाटोमा अग्रसर हुने छ । अब कोही पनि नेपाली आफ्नो श्रम बेच्न विदेशिनु पर्ने छैन । अब कसैले पनि विदेशी भूमिमा अकालमा ज्यान गुमाई फर्किनु पर्ने छैन ।नयाँ उद्योगधन्दा खुल्नेछन् ।देशमै रोजगारी का अबसर हुनेछ ।

कति ले सपनाको महल बनाए,बस्ती बसाए नयाँ जोस जागर उत्साह आयो नयाँ नेपाल बन्ने आशा आयो । कति नया पनि दियो नयाँ प्रधानमन्त्री, रास्ट्रपति, मन्त्रालय तर बिड्म्बना ब्याक्तीगत मोह, स्वार्थ, कुर्सी मोहभन्दा माथी उठेर देश र जनताको मर्म बुझ्ने रास्ट्रप्रेमी दिन सकेन यो त्याग र बलिदानले।

उल्टै छिमेकीले नाकाबन्दी दियो, मधेसी असन्तुष्ट दलले आन्दोलन चर्काए जस्को मारमा आए जनता। खाध्यान्न संकट, उर्जा संकट, यातायात, ठाउँठाउँमा आन्दोलन , हत्या, जिउँदै जलाउने कायसम्म भए ।यिनै बीच चाड पर्व आय तर यहि मारकाबिच सबै ले जे छ त्यसै मा सन्तोष मानी मनाए। अनगिन्ति समस्याका बाबजूत पनि कहीँ कतै सरकार र सरकार चलाउने दायित्व बोकेकाहरुप्रति गुनासोसम्म हुन दिएनन् नेपाली जनताले । निरन्तर एउटै सामुहिक आवाजमात्र आयो । झुक्नु हुदैन।

      नाकाबन्दीको विरोधमा  विश्वभरिका नेपालीहरुले बोले । विरोधस्वरुप सामाजिक सञ्जालमा विश्वव्यापी विभिन्न ट्रेन्डहरु चले । सबै एकजूट भएर समस्या सग जुधे ।तर सरकार विकल्प खोज्न लागेन उल्टै ढुङ्गे युगतिर फर्काउने प्रयास गर्यो । बन जङ्गल फडानी गर्नेलाइ कारबाही गर्ने तह नै फडानीमा लागे दाउरा बाड्छ सरकार को हो यो?फेरि भत्किएका चुला टाल्न बाध्य भय जनता।लोडसेडिङ को तालिका को कुनै भर छैन।भुकम्प पीडितको मर्म कस्ले भुज्ने,कति ले ज्यान गुमाय कति भोकभोकै छन। आधा सिलिन्डर ग्यास पाउनका लागि युद्ध लडेझै संघर्ष गर्न पद्र्छ। यशका बाजुत पनि घरघरमा ग्यासको पाइप पुरयाउने योजना अपत्यारिलो नै लाग्छ । यस्तो लाग्छ यो सत्ता टिकाउने ताल मत्रा हो। खयर जोसुकैको सरकार होस सरकारको जनताप्रती दायित्व हुनुपर्छ।

खोइ आम नागरिकले पाउने कुनै अधिकार पाएको । न सहज बिजुलीको आपुर्ति , न खानेपानी , न ग्यास न पेट्रोल, न मट्टीतेल, न गुड्ने सुविधा न उड्ने सुविधा ! शिक्षाको त कल्पनै रहेन अब   ।

यहि मात्रै देश हुनु पर्छ जल सम्पदाको प्रयोग गर्न नसकी आठ घण्टा बाट सुरु भयको लोडसेडिङ अठार घन्टा पुगेको। जनता भोकभोकै मर्न लागेको बेला बिजुली समेत दिन नसक्ने गफ साँच्चै नै ठुला गर्ने एकै बर्षमा घर घरमा ग्यास पाईप पुर्याउने,रेल मार्ग् संचालन गर्ने ।एकै बर्षमा लोडसेडिङ हटाउने भाषणलाई सार्थक बनाउनलाई खै के काम भयो त आजसम्म के यी एकै बर्ष मा सम्भाव छ्न। न त यो एक बर्ष मा सम्भाव नै छ।

बास जनता र राज्यको धन लुट्न ब्यस्त छ सरकार । के सरकार को जनताप्रती कुनै दायित्व हुदैन ? के अभागी हुन नेपाली जनता ?

खोइ सरकार ले आफ्नो दायित्व पूरा गरेको । नेपाली जनता त्यति हदसम्म निरीह भइसकेका छैनन् कि नेतृत्व निरन्तर राज्यको ढुकुटीमा सत्ताको खेल खेलिरहोस र जनता टुलुटुलु हेरिरहुन् खबरदार आफ्नो अधिकार मागेर न पाए लडेर पनि अधिकार लिएका इतिहास छन |  नभुल्नु होला ।