एक सपना जिउँदो आकाशको


-दीपक विश्वकर्मा 
असंख्य तारापुञ्ज एकसितारा
वा असंख्य फूलहरुको संगम—माला
मनका अनेकौ बिम्बहरु—भावना
त्याग, समर्पण र मनको मिलन
अमर प्रेम कहानी ।

कल्पना भन्दा पनि कता हो कता
अथाह गहिरो लाग्ने गर्दछ
प्राप्य भन्दा पनि कता हो कता
दुरुह लाग्ने गर्दछ मलाई
जव एउटा सिंगो मान्छे
छिचोल्दै सागर र पुग्दछ शिखरको बिन्दुमा
पहिल्याउँछ—कसैको मुटु र
आफूलाई बिर्सन्छ सुस्त सुस्त
बारबरा एडम— एक किम्बखन्ती ।

अक्षर, शब्दमाला, वाक्यहरु
उन्दाउन्दै बन्न जाँदो रहेछ एक आलेख
तर म सकिरहेको छैन— शब्द छनोट गर्न
सकिरहेको छैन— भावहरु भर्न
जो कथानक अंशहरुहुन्— एक सग्लो वर्णमाला
कसरी भुल्दो रहेछ— आमाको काख
कसरी भुलिदो रहेछ— आफ्नै आगन समेत
जव मनका मुरतहरु कहीँकतै भेटिदा रहेछन्
सग्लो आकार ग्रहण गर्दै
एक अतभूत प्रेम कहानी— बारबरा एडम्स ।

थाहा छ— कसैले संझाउनु नै पर्दैन
हाम्रा गोरेटाहरु छिन्न भिन्न छन्
संकेत गर्ने पर्दैन—
मनहरु मन जस्ता छैनन् जोडिएका आपसमा
पश्चिमका कथित अछुतहरु
पूर्वका अपूर्व सवर्णहरु
मध्यका अपार पबित्र मान्छेहरु
सबै डुबुलकी लगाउँछन् गंगासागरमा
तर पनि पबित्र हुन सकिरहेका छैनन्
एक शब्द सेतु,
एक तथ्य—उदाउँदो तारा
बारबरा एडम्स ।

तिमीले प्राप्त ग¥यो वा गरिनौ—वसुन्धरा
सायद त्यो तिम्रो शिखर थियो चुम्नु पर्ने
तर तिमीले धर्ती प्राप्त गर्यौ
धर्ती र वसुन्धरा प्रयाय हुन् एकअर्काका
पश्चिमका कथित अछुतहरु
संझिने छन् जुगान्तरसम्म तिमीलाई
निदाउने छन् तिम्रो नामसंग र
सपना देख्दा देख्दै ब्युँझने छन् मिर्मिरे मै
किनकी तिमी तारा बनेकी छौ
उनीहरुको आकाशमा— बारबरा एडम्स ।