जापानमा व्यबसाय गर्दै आएका विदेशीहरुलाई स्थायी वसोवास प्रमाणपत्र प्रदान गरिने

ह्याप्पी बन्धु "बिश्व"
जापान, अप्रिल ६ |

 जापानमा व्यबसाय गर्दै आएका विदेशीहरुलाई अब स्थायी वसोवास प्रमाणपत्र प्रदान गरिने भएको छ । जापान सरकारले स्थायी बसोबास प्रमाण पत्र छिट्टै प्रदान गर्न लागेको छ ।

आगामी महिनाबाट लागूहुने गरि नयाँ स्थायी बसोबास अनुमति पत्र पीआर प्रदान गर्ने जापान सरकारले घोषणा गरेको हो ।

 जापान सरकारको न्याय मन्त्रालयले आगामी अप्रिल महिनाबाट जापानमा व्यवसाय गर्दै आएका व्यवसायी तथा कम्पनी संचालकलाई यस्तो भिसा प्रदान गर्ने जनाएको हो ।

स्थायी वसोवास अनुमति प्राप्त गर्नका लागि जापान सरकारको मातहतमा दर्ता भई संचालन भएका व्यवसायका व्यवसायी तथा कम्पनीका लगानीकर्तालाई यस्तो सुविधा दिईने छ ।

साथै, हालसम्म व्यवसाय दर्ता नगरि कार्यरत कम्पनीका संचालकलाई समेत यो सुविधा प्रदान गरिने जनाएको छ ।

व्यवसाय दर्ता नभई संचालनमा रहेका कम्पनीका संचालकलाई भने चार महिनाको अवधी भित्र दर्ता गरे पीआर प्रदान गरिने खवर स्थानिय संचार माध्यमहरुले जनाएका छन । जापानमा विगत लामो समय देखि पीआरको माग भएपनि कानुनी व्यवधानका कारण नयाँ नीति लागूहुन सकेको थिएन। पीआर सुविधा लागूभएपछि जापानमा थप विदेशी लगानी तथा व्यवसायी थपिने अपेक्षा गरिएको छ ।

 नयाँ नीतिले शरणार्थी आवेदन तथा विना भिसा जापानमा वस्नेहरुलाई समेत सहज हुने दावी गरिएको । आवे सरकारको आगमन सँगै बिभिन्न निती नियम बन्ने, परिमार्जन हुने प्रक्रिया चलिरहेको छ ।