लोक गायिका शान्ती भण्डारीले मनाईन छोरोको जन्मदिन


लोक गायिका शान्ति भण्डारीले आफ्नो छोरोको जन्मदिन भब्य रुपले मनाएकी छिन |

 पहिलो सन्तानको पहिलो बर्ष दिनमा उनले अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने लगभग सबै कलाकार, संचारकर्मी र अन्य व्यक्तित्वहरुको सहभागिता थियो | उनको छोराको नाम दिवस पहारी हो | बाबु दिपक पहारी र आमा शान्ति भण्डारी मिलेर छोरा दिवसलाई केक खुवाएका थिए |

 शान्ति भण्डारी केहि बर्षदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी छिन | साथै उनि लोक गीत गाउने शिलशिलामा अमेरिकाबाटै बिभिन्न देशमा जाने गर्दछिन |