सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं, २४ चैत, रुपन्देही गोनाह–७ गुरबनियास्थित सडकमा लु.१८ प २६५७ नम्बरको स्कुटरलाई ना.३ ख २२३७ नम्बरको ट्रिपरले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। गम्भीर घाइते भएका स्कुटर चालक नवलपरासी पाल्ही–१ बस्ने ४० वर्षीय मुरारी गुप्ताको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मकवानपुर हेटौंडा उपमाहानगरपालिका–४ कर्रापुलमा ना.१६ प ८३८४ नम्बर र ना.१२ प ८५२५ नम्बरका मोटरसाइकल मंगलबार आपसमा ठक्कर खाँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ना.१६ प ८३८४ नम्बरको मोटरसाइकल चालक हेटांैडा उपमाहानगरपालिका–१७ सुर्यमाई बस्ने २३ वर्षीय सन्दिप दोङको हेटाैंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा ना.१२ प ८५२५ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय भिमसेन थापा र मोटरसाइकलमा सवार २५ वर्षीय नारायण थापा समेत घाइते भएकोले चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ।

त्यस्तै कैलालीमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ। दोदोधारा–४ स्थित महेन्द्र राजमार्गमा से.३ प ६१७५ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ४५ वर्षीया शान्ता बि.क.को उपचारको क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।