जनसम्पर्क समितिको अमेरिकाको विवाद समाधान तर्फ, सभापतिले गरेको कारवाही फुकुवा



 न्यू योर्क, अप्रिल २३ 

 बिबादका बाबजुद नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालालाई न्यू योर्कमा एकै स्थानमा भब्य स्वागत गरेको छ। यस अगाडी महामन्त्री कोइरालाको स्वागतमा एकै समयमा दुई स्थानमा कार्यक्रमको आयोजना गरिएको सूचना सार्बजनिक गरिएको थियो |

जनसम्पर्क समितिको केन्द्रिय कार्यसमिति र न्यु योर्क च्याप्टरले छुटाछुट्टै कार्यक्रम एकै समयमा गर्ने सार्बजनिक भएपछी कांग्रेस समर्थित कार्यकर्ताहरु विभाजित हुन पुगेका थिए र महामन्त्री कोइराला कसको कार्यक्रम जालान भन्ने खुल्दुली व्याप्त थियो |

सनिबार न्यु योर्कको जे.एफ.के विमानस्थलमा कोइरालालाई दुवै पक्षका कार्यकर्ताले व्यापक स्वागत गरेका थिए | सोहि अवसरमा कोइरालाले एउटा मात्रै कार्यक्रम गर्ने सार्बजनिक गरेका थिए | कोइरालाले यसबीचमा दुवै पक्ष संग छलफल समेत गरेका थिए | फलस्वरूप दुवै पक्षलाई काम बाँडेर एकै स्थानमा संयुक्त कार्यक्रम सम्भव गराएको थियो | यसरी एकै स्थानमा कार्यक्रम आयोजना गराउन कोइरालालाई मध्यमार्गी कार्यकर्ताले सहयोग गरेका थिए |

केन्द्रिय कार्य समितिले आयोजना गरेको स्थानमा न्यु योर्क च्याप्टर र सभापति आनन्द विष्टसंग असन्तुष्ट केन्द्रिय पदाधिकारीहरुको समूह उपस्थित भएको थियो | सभापति विष्टले कार्यक्रमको सभापतित्व गर्ने र अर्को पक्षलाई कार्यक्रम संचालन र मन्तब्य राख्न दिने निर्णय भएपछी कै स्थानमा कार्यक्रम सम्भव भएको थियो |

 जनसम्पर्क समितिको गत मार्च ३१ तारिखमा बसेको आकस्मिक बैठकले अध्यक्ष आनन्द विष्टलाई निस्कासन गरी वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो भने विष्ट पक्षले बैठक बोलाई वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, उपाध्यक्ष सीपी पौडेल र महासचिव मुनिन्द्र नेम्बांगलाई तीन महिनाको लागि निलम्बन गरेको घोषणा गरेको थियो।

आपसमा झगडा गरेका दुई पक्षले एकै स्थानमा कार्यक्रम गरेपछि सम्पर्क समितिका कार्यकर्तामा अचानक खुशियाली छाएको थियो | यता कार्यक्रम मै सभापति विष्टले आफ्नातर्फबाट गरिएको निलम्बनको कारवाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरेको सार्बजनिक समेत गरेका छन् | यस बिषयमा अर्को पक्षको आधिकारिक भनाई आईसकेको छैन |