पासपोर्ट डिसी कार्यक्रमका बारेमा नेपाली संस्थाहरुका बिचमा छलफल


वाशिंगटन डिसी, अप्रिल १८ |

अमेरिकामा रहेको नेपाली दुताबासले हरेक बर्ष जस्तै यस बर्ष पनि पासपोर्ट डिसी कार्यक्रममा नेपालीको सहभागिता कसरी बृहत बनाउन सकिन्छ भनेर मेरिल्याण्डमा रहेको घर-ए-कबाब रेष्टुरेन्टमा छलफल कार्यक्रम सम्पन्नगरेको छ | यस बारेमा दुताबासले डिसी महानगर क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुसंग आईतबार छलफल सम्पन्न गरेको हो  |

नेपाली दुताबासले मे ७ तारिख र मे २१ मा हुने कार्यक्रमलाई बिशेष जोड दिएको नियोग उप प्रमुख घिमिरे तथा कैलाश राज पोख्रेलले कार्यक्रम बारेमा जानकारी गराउनु भयो | सोहि अवसरमा उक्त कार्यक्रमलाई भब्य सफल बनाउनका लागि संघ तथा संस्थाका प्रतिनिधिहरुसंग सल्लाह र सुझाब संकलन गरेको छ |

सांस्कृतिक पर्यटक डिसी नामक संस्थाको आयोजनामा हरेक बर्ष पासपोर्ट डिसी कार्यक्रम हुदै आएको छ र उक्त संस्थाले महिना दिनसम्म कार्यक्रम गर्ने गरेको छ |  पासपोर्ट डिसी कार्यक्रममा यस बर्ष ७० देशका राजदुताबास तथा ४० भन्दा ज्यादा सांस्कृतिक संस्थाहरुको सहभागिता रहने जानकारी दुताबासले गराएको छ |

नेपाली दुताबासका तर्फबाट नियोग उप प्रमुख ऋषि राम घिमिरे, उपसचिब कैलाशराज पोख्रेल, द्वितीय सचिब लेखनाथ गौतम तथा सहचारी दिपक शर्माको उपस्थिति रहेको थियो |

बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु सम्मिलित छलफलले मे ७ र मे २१ का दिनमा नेपालीहरुको कार्यक्रम हुने र त्यसका लागि सबैलाई बिभिन्न कामको जिम्मा लगाएको र बिभिन्न संयोजक समेत बनाईएको कार्यक्रममा सहभागी नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सभापति राज सेन्चुरीले द नेपाल टुडेलाई बताउनु भयो |

तस्बिर राजेन्द्र सेन्चुरी