प्रधानमन्त्रीको अंगालोमा खुश्वु ओली !

तस्वीर दियोपोष्ट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली खुश्वु ओलीको विवाह समारोहमा सहभागी भएको तस्वीर सार्वजनिक भएको छ । दिनेश अधिकारी चरीको प्रेमिका भएपछि खुश्वु चर्चामा आएकी थिइन् । चरी प्रहरी इनकाउन्टरमा मारिएका थिए । नेपाली मिडियालाइ खवर समेत नदिएकी खुश्वुले फागुनको अन्तिम साता लण्डन निवासी सन्तोष कार्कीसँग विवाह गरेकी थिइन । याक एण्ड यती होटलमा भएको उनको विवाह समारोहमा प्रधानमन्त्री ओली सहभागी भएको तस्वीर सार्वजनिक भएको छ । खुश्वु प्रधानमन्त्री ओलीको अंगालोमा परेकी छिन् । पछिल्लो पटक खुश्वुलाई समाजकल्याण परिषद्मा उपाध्यक्षको नियुत्ती दिन थालिएको समाचार प्रकाशमा आएको थियो । यस्तो नियुत्तीका लागि प्रधानमन्त्री ओलीले नै भूमिका निभाईरहेको समाचारमा उल्लेख थियो । दुवै तस्वीर एकै दिनका हुन् । स्रोत: रातोपाटी

,