बाल्टिमोरका नेपाली युवाहरुले निर्माण गरेको सर्ट मुभी परिबर्तन, ट्रेलर सार्बजनिक,मुभी केहि दिनमा आउने


बाल्टिमोर, अमेरिका / अप्रिल २०,
बाल्टिमोरका नेपाली युवाहरुले निर्माण गरेको छोटो चलचित्र (सर्ट मुभी) छिट्टै सार्बजनिक गर्ने जानकारी निर्माण टीमले बताएको छ | उक्त मुभिको नाम 'परिबर्तन' रहेको टिमका एक सदस्य सरोज कार्कीले बताए |

यो सर्ट मुभी बाल्टीमोर कै बिभिन्न लोकेशनमा छायांकन गरिएको छ | छायांकन सकाएर एडिटिंगको शिलशिलामा टीम केंद्रित रहेको पनि कार्कीले द नेपाल टुडेलाई बताए | उनले भने, "केहि दिन मै सार्बजनिक गर्नेछौं |"

अध्ययनका शिलशिलामा अमेरिका आएका स्टुडेन्टहरु सरोज कार्की, अमिर श्रेष्ठ, श्रवण जोशी र कृष उप्रेती मिलेर यो मुभी निर्माण गरेका हुन् | उनीहरुले एट वर्क इन्टरटेन्मेन्ट नामक संस्था स्थापना गरेर मुभी निर्माण गरेका हुन् |

एट वर्क इन्टरटेन्मेन्टले यसपछि केहि म्युजिक भिडियोहरु र चलचित्रहरु निर्माण गर्ने योजना समेत रहेको उनीहरुले बताए |

आउदै गरेको सर्त मुभिको ट्रेलर यस्तो छ:




 उनीहरुले निर्माण गरेको अर्को सर्ट मुभी कबड्डी कबड्डी यस्तो थियो: