संचारकर्मी तथा गीतकार सूर्यकुमार क्षेत्रीको निधन



धोका दिनेलाई के भनौ र खोई 
तिमी हाँस भो मई बसूला रोई...|

यी र यस्तै धेरै लोकप्रिय गीतका सर्जक सूर्यकुमार क्षेत्रीको बिहीबार सांझ निधन भएको छ |

काठमांडूको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको गीतकार एकनारायण भण्डारीले द नेपाल टुडेलाई बताउनु भयो |

क्षेत्रीको गत बर्ष ब्रेन ट्युमरको सल्यक्रिया गरिएको थियो |  उनको स्वास्थमा फेरि गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले बुधबार दिउँसो पत्रकार क्षेत्रीको सल्यक्रिया गरेको थियो।

क्षेत्री नेपालीकला डटकमका सम्पादक र  नेपाल प्रेस युनियनका सचिव हुन्।

२०५७ देखि पत्रकारिता शुरु गरेका क्षेत्रीले छापा, रेडियो हुदै अनलाईनसम्ममा काम गरेका थिए | पत्रकारिता गर्दागर्दै उनले २०६२ सालमा लोकसंगीतको क्षेत्रमा पाईला चालेका थिए | उनका लोक र आधुनिक गीतहरु बजारमा लोकप्रिय छन् |

यस्ता मार्मिक गीत पनि लेख्थे उनी :-

 "घर छोडेको अघिल्लो रात सम्झे
आमा तिम्ले पस्केको भात सम्झे..."

"औठी चिनो छ, मायाको सम्झना फिर्ता दिनु छ" क्षेत्रीको रेकर्ड भएको पहिलो लोकगीत हो |

एक बर्षअघि सल्यक्रिया गरेदेखि औषधी र थेरापी गराउदै आएका थिए | पत्रकार तथा संचारकर्मी सूर्यकुमारको निधनले नेपाली पत्रकारिता र सांगीतिक क्षेत्रका ब्यक्तिहरु दुखित भएका छन् |

क्षेत्रीका श्रीमती र एक छोरा छन् |

सूर्यकुमारले रचना गरेको लोक गीत हेरौं 

,