नेपालका कम्युनिष्ट पार्टी नाम मात्रैका छन् : भट्टराई

सुनसरी, वैशाख १८ – नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपालमा रहेका कम्युनिष्ट पार्टी नाम मात्रैको भएको आरोप लगाए छन ।
सुनसरीको इटहरीमा भएको रोड सभालाई सम्बोधन गर्दै भट्टराईले साइनबोर्ड टाँस्दैमा कम्युनिष्ट पार्टी नहुने बताउनु भयो । नेपालका कम्युनिष्ट पार्टीले कम्युनिजममा हुनुपर्ने कुनैपनि काम नगरेको बताउनु भयो ।
उहाँले नेपाली कांग्रेससँग पनि कुनै नयाँ बिचार र एजेण्डा नभएको आरोप लगाए । भट्टराईले नयाँ शक्ति नेपाल सारमा बाम र व्यबहारमा लोकतान्त्रिक पार्टीहुने बताए । ‘सुशासन र भ्रष्टाचार मुक्त नेपालको निर्माण गर्नका लागि नयाँ शक्ति नेपालको स्थापना भएको हो’
इटहरीमा भएको कार्यक्रममा बोल्दै संयोजक भट्टराईले आफ्नो पार्टीले कसैसँग पनि २० लाख रुपैयाँ भन्दा बढी चन्दा नलिने र नगद नलिने समेत दावी गरे । नयाँ शक्ति नेपालका अभियान्ताहरुले कसैसँग चन्दा मागेको थाहा पाए कारवाही गर्ने भन्दै चन्दासमेत बंैक खाताबाट लिएर पारदर्शी बनाउने बताए।