भर्जिनिया ओपेन तेक्वान्दो च्याम्पियनशिप सम्पन्न


भर्जिनिया अप्रिल २४ |

 भर्जिनियाको रेस्तोनमा अप्रिल २३, मा  सम्पन  भएको  २०१६  नेशनल क्यापिटल  ओपेन तेक्वान्दो च्याम्पियनशिपमा EVEREST WORLD CLASS TAEKWONDO ACADEMY (Baltimore) ले २९  गोल्ड, ७ सिल्वर, ४  ब्रोंज़ पदक प्राप्त  गर्न सफल भएको छ | साथै जुनियर ब्ल्याक  बेल्ट (महिला)  -ग्रान्ड  च्याम्पियन  र  सीनियर  ब्ल्याक  बेल्ट (महिला)  सहित कुल ४२ मेडल सहित टीम च्याम्पियनशिप हुन् सफल भएको छ |


Everest World Class TaekwonDo Academy का  जम्मा   २१  जना  खेलाडीहरुले  बिभिन्न प्रतिस्पर्धामा सहभागी थिए | जसमा  ९  जना  नेपाली  मुलका र १२ जना  अमेरिचन  मुलका  खेलाडीहरुले प्रतिस्पर्धामा सहभागी थिए |

नेपाली  मुलका  खेलाडीहरुले निम्न पदक हासिल गरेका थिए :
(1) Nepali national Player Manita Sahi - Sparring - 1st , Poomsae 2nd  (2) Krisha Karki - Sparring -1st, Poomsae -1st  (3) Ujjwol Thakuri - Sparring -1st  (4) Allen Shahi - Poomsae -1st, Sparring- 2nd (5) Salina Khadka- Sparring- 1st, Poomsae- 1st   (6) Heman Chhantyal - Poomsae- 1st, Sparring-2nd  (7) Pranima Acharya- Sparring 1st, Poomsae- 3rd  (8) Bibek Chhetri - Poomsae-1st, Sparring-2nd (9) Hegan Chhantyal- Sparring-1st, Poomsae 3rd .
ब्लैक  बेल्ट  को  जुनियर १४  वर्षमुनि  समुहमा  ग्रान्ड च्याम्पियन कृसा  कार्की  र  सिनियर ब्लैक बेल्ट समुहमा १८ वर्ष  माथि  मा  - मनिता शाहीले ग्रान्ड  च्याम्पियनको  ट्रफी जित्न सफल भएकी थिईन |

टिम एभरेष्टका हेड टिम कोच कुमार कार्की सहित कल्पना कार्की, मनिता  शाही  र  निमा धमला  लगायत चार जना  मास्टरहरुले टिम कोचको भूमिका  निर्वाह गरेका थिए |

साथै उक्त च्याम्पियनशिप्मा नेपालबाट  २०१६  US Open Internationa Taekwondo Championship मा  ओफ़िसियल इन्टरनेश्नल  रेफ्रीको भूमिका निर्वाह गर्न आउनु भएका अन्तराष्ट्रिय रेफ्री दिनेश  श्रेष्ठ  लगायत  अमेरिकाको बिभिन्न राज्यमा बसोबास  गरेका तेक्वोंदो  मास्टरहरुले  ओफ़िसियल रेफ्रीको भूमिका निर्वाह गरेका थिए |  जसमा  कृष्ण  बलल, राजु तिमिल्सेना, रामचन्द्र केसी, कृष्णमुरारी  खड्का, प्रकाश  थापा, सुर्जन  घर्ति मगर र  ओमकार  बुढामगर थिए |