पाल्पाको होमिन बजारमा आगलागी

पाल्पा, वैशाख १८ - पाल्पाको होमिन बजारमा अहिले आगलागी भइरहेको छ । आगलागीबाट ५ वटा घर र ३ वटा गोठ जलेका छन् ।
अहिले नेपाली सेना, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । पाल्पाकै पुरानो बजार मानिने होमिनबजार सदरमुकाम तानसेनबाट २२ किलमिटर पूर्वमा पर्छ । आगो लाग्नुको कारण खुल्न सकेको छैन ।