उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा अमेरिकामा बिभिन्न कार्यक्रममा ब्यस्त



बाल्टिमोर अमेरिका, अप्रिल २२ |
अमेरिका भ्रमणमा नेपाल सरकारका उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा अहिले अमेरिकामा बिभिन्न कार्यक्रममा ब्यस्त छन् |

मन्त्री थापा संयुक्त राष्ट्र संघको क्लाईमेट चेन्ज सम्बन्धि पेरिसबाट पारित वडापत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न अमेरिका आईपुगेका हुन् |

उपप्रधान तथा परराष्ट्र मन्त्री थापाले बिहिबार र शुक्रबार दुई छुट्टाछुट्टै बिषयमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ |

मन्त्री थापा सनिबारसम्म न्युयोर्कमा सरकारी कामका साथै व्यक्तिगत र पार्टीगत भेटघाटमा ब्यस्त रहेको बुझिएको छ |

राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले अमेरिकामा गठन भएको आफ्नो पार्टीको संगठन प्रवासी नेपाली एकता समाजको पहिलो राष्ट्रिय सम्मेलनको आईतबार उदघाटन गर्ने र सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ | उक्त सम्मेलन मेरिल्याण्डको बेथेस्डामा हुने सम्मेलनका संयोजक लोक तिवारीले द नेपाल टुडेलाई बताए |

साथै थापाले आईतबार बिहान मेरिल्याण्ड कै नेपाल एजुकेशन एण्ड कल्चर सेन्टरको मन्दिरमा लगाईएको पूजामा उपस्थित हुने तथा साँझ बानाको नयाँ बर्ष शुभकामना साँझमा सहभागी हुने कार्यक्रम रहेको बुझिएको छ |