बानाको कार्यक्रममा पविता परियार, कमल खनाल र सरोज के.सीको पनि प्रस्तुति रहने




बानाले यही अप्रिल २४ तारिख गर्ने कार्यक्रममा अमेरिकामा रहेका चर्चित कलाकारहरुको पनि प्रस्तुति रहने बानाले जनाएको छ |

कार्यक्रममा आधुनिक गायिका पविता परियार, लोक गायक कमल खनालको बिशेष प्रस्तुति रहने छ |

गायिका पविता परियारले अमेरिकाबाटै आधुनिक गीतको एल्बम "दीप" सार्बजनिक गर्ने तरखरमा छन् भने लोक गायक कमल खनालले भर्खर नेपालमा पुगेर छोरो खेलाउदै र परदेशी छोरो नामक दुई गीत र म्युजिक भिडियो सार्बजनिक गरेका छन् |

कार्यक्रममा चर्चित उद्घोषक सरोज के.सीले उद्घोषण गर्ने छन् | कलाकारितामा समेत राम्रो प्रभाब छाड्न सफल सरोज के.सी टेलिभिजन र रेडियोमा कार्यक्रम चलाउने चर्चित प्रस्तोता हुन् | अमेरिका मै रहेका के.सी.ले भर्जिनियामा रहेको रडियो जिन्दगीमा नेपाली कार्यक्रम संचालन गर्दै आएका छन् |

यसैबीच, नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा बानाले एक भब्य शुभकामना साँझको आयोजना गरेको छ | यहि अप्रिल २४ तारिखको आईतबार उक्त कार्यक्रम हुने आयोजक बानाका महासचिव देवब्रत शर्माले द नेपाल टुडेलाई बताउनु भयो |

यो कार्यक्रममा कलाकारहरु महानायक राजेश हमाल, लोकप्रिय गायक राजेश पायल राई, नायिका केकी अधिकारी र हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको विशेष प्रस्तुती समेत रहने पनि उहाँले बताउनु भयो |

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको बानाका अध्यक्ष कुलमणि आचार्यले बताउनु भयो |

नयाँ बर्ष शुभकामना साँझलाइ भब्य र सभ्य बनाउदै मनोरन्जनात्मक कार्यक्रमको मजा लिन मेरिल्याण्डमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा बाना कार्य समितिले अनुरोध समेत गरेको बरिष्ठ उपाध्यक्ष अनु वन्तले द नेपाल टुडेसंगको कुराकानीमा बताउनु भयो | 

नेपालमा गत वर्ष गएको भुकम्प पछि ध्वस्त भएका विद्यालय भवनहरुको निर्माणार्थ ‘घाँसी नेपाल’ को प्रवद्र्धनमा हुन लागेको एक महिने कार्यक्रमका लागि कलाकारहरु अमेरिका आइपुगेका हुन् । ‘म अनि मेरो जन्मभूमि’ नाम दिइएको अभियान अन्तरगत शुक्रबार ह्युस्टनबाट कार्यक्रम भएको हो। गत आइतबार ड्यालसमा कार्यक्रम सम्पन्न भईसकेको छ | आउने सनिबार भर्जिनियामा कार्यक्रम हुने छ |