सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राई नियुक्त

काठमाडौं, १४ वैशाख । जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको भन्दै रायमाझी आयोगले कारवाहीकालागि सिफारिस गरेका दुर्जकुमार राईलाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएपछि राईलाई कायम मुकायम महानिरीक्षकको जिम्मेवारी तोकिएको थियो।

दोस्रो जनआन्दोलन दबाउन राईले मुख्य भूमिका निर्वाह गरेको भन्दै रायमाझी आयोगले कारवाहीको सिफासिर गरेको थियो।

यसैगरी बैठकले राप्रपा नेपालबाट संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराट विष्टलाई पदमुक्त गरी उनको ठाउँमा राप्रपा नेपालकै रेशम लामालाई नियुक्त गरेको छ।