ब्रसेल्स वक्तव्यबारे राजदूतहरूसँग परराष्ट्रमन्त्रीको सोधपुछ

काठमाडौ, २३ चैत, भारत र यूरोपीयन यूनियनले ब्रसेल्समा जारी गरेको संयुक्त वक्तब्यको विषयमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले काठमाडौंस्थिति यूरोपेली यूनियन (इयू) का राजदूतहरुसँग चासो राखेका छन ।
परराष्ट्रमन्त्री थापाले इयूका दूत रिन्छेटेरिन्कसहित बेलायती, जर्मनी र फ्रान्सका राजदूतहरुसँग त्यस विषयमा जानकारी लिएका हुन् ।

सो अवसरमा ईयूका राजदुतहरुले नेपालको संविधानप्रति इयूको सकारात्मक धारणा यथावत रहेको जानकारी दिएको परराष्ट्रले जनाएको छ ।
ब्रसेल्स संयुक्त विज्ञप्तिको विषयमा सरकारले औपचारिक रुपमै असन्तुष्टी ब्यक्त गरिसकेको छ ।