सरकारद्वारा २१ राजदूत नियुक्तिको सिफारिस


सरकारले २१ वटा मुलुकका लागि राजदूत नियुक्तको सिफारिस गरेको छ ।


बालुवाटारमा मंगलबार बसेको मन्त्रीपरिषद्ब बैठकले दलीय भागवण्डाका आधारमा यी राजदूत सिफारिसको निर्णय गरेको हो।

सिफारिसमा राजनीतिक दलबाट १०  र परराष्ट्र मन्त्रालयका ८ कर्मचारी परेका छन्। चीनका लागि पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सिफारिस भएका हुन्।

एमालेका तर्फबाट युवराज कार्की  दक्षिण कोरिया, शिवमाया तुम्बाहाम्फे र श्रीलंकाका लागि नारद वाग्ले राजदूत सिफारिस भएका छन्। त्रिविका प्राध्यापक डा. महेन्द्रबहादुर सिंह कतारका लागि राजदूतको सिफारिसमा परेका छन्।

कुन पार्टीको कोटामा को परे ? हेर्नुहोस |

एमाले कोटाबाट

नारद भारद्वाज– श्रीलंका,
शिबमाया तुम्बाहम्फे– इजरायल,
अलि अख्तर मिकरानी– साउदी अरव,
खड्ग केसी– जापान,
महेन्द्रबहादुर पाण्डे– चीन

एमाओवादी कोटाबाट

युवनाथ लम्साल– डेनमार्क
लक्की शेर्पा– अष्ट्रेलिया
पदम सुन्दास– बहराइन
डा. महेन्द्र सिंह– कतार

राप्रपा नेपालको कोटाबाट

निरञ्जन थापा– रसिया

परराष्ट्रका कर्मचारी मध्येबाट

ताराप्रसाद पोखरेल– ब्राजिल
रमेशप्रसाद खनाल– जर्मनी
प्रकाशकुमार सुवेदी– अष्ट्रिया
लोकबहादुर थापा– बेल्जियम
सेवा लम्साल– पाकिस्तान
झविन्द्र अर्याल– इजिप्ट
ऋषिकेष घिमिरे– म्यानमार
दुर्गाबहादुर क्षेत्री – बेलायत

अन्यबाट
खगेन्द्र बस्नेत- बंगलादेश
भरतबहादुर रायमाझी– यूएइ