‘साइकलप्रेमी’ वातावरणमन्त्रीले हेलिकप्टर चढेको बिल १७ लाख

काठमाडौं, ४ वैशाख, कुनै बेला साइकल चढेर मन्त्रालय ओहोर दोहोर गरेर चर्चामा आएका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान केही समययता हेलिकप्टर चढेर जिल्ला भ्रमणमा निस्कन थालेका छन् ।

पछिल्लो एक सातमा मात्रै उनले हेलिकप्टर चार्टर्ड गरेर विभिन्न जिल्लाको भ्रमण गरेका छन् । अहिलेसम्म उनले हेलिकप्टर चार्टर्ड गरेको भाडा मात्रै १८ लाख पुगेका छ ।

व्यक्तिगत काममा हेलिकप्टर चढेर जिल्ला भ्रमणमा गए पनि मन्त्री पसावानले हेलिकप्टर चढेवापतको झन्डै १७ लाख रुपैयाँ मन्त्रालयकै विभिन्न शीर्षकबाट मिलाउन मन्त्रालयका अधिकारीहरुलाई दबाब दिन थालेका छन् ।

वातावरणमन्त्री पासवानले मन्त्रालयका सहसचिव, उपसचिवलगात सम्पूर्ण कर्मचारीलाई तीन महिनासम्म विदेश भ्रमणमा जान रोक लगाएका छन् । उनले मन्त्रालयका कर्मचारीको विदेश भ्रमणसम्बन्धी फाइल दराजभित्र थन्काइदिएका छन् । नयाँ पत्रिकाबाट।