अमेरिकाको रेडियोमा नेपाली कार्यक्रम


सतिश चापागाईं 
बाल्टिमोर अमेरिका / अप्रिल २२ |

मार्चको अन्तिम सनिबारको बिहान नौ बजेको थियो | अमेरिकाको राजधानी डी.सी मेट्रो क्षेत्रको एउटा रेडियोमा यस्तो सुनियो:
नमस्ते अनि छड्के सलाम !
मनोरन्जनको दुनियाको यो साथी...|

सायद अनुमान लगाउनु भयो होला आफ्ना दर्शक र स्रोतालाई छड्के सलाम हान्ने त्यो साथी को हो भनेर | हो ! उनै सरोज के.सी हुन्, जो केहि सामय देखि अमेरिकामा छन् र यहाँको रडियोमा कार्यक्रम संचालन गर्दैछन् |

सरोज के.सी नेपाली दर्शक र स्रोताका लागि नौलो नाम होइन | उनको नाम सुन्ने बित्तिकै छड्के सलाम सम्झने धेरै छन् र छड्के सलाम सुन्ने बित्तिकै सरोजलाई सम्झनेहरु पनि धेरै छन |

उही आवाज र उही स्टाईलमा प्रस्तोता सरोज के.सी अमेरिकामा पनि मनोरन्जनको दुनियाका आफ्ना प्रशंशकहरुलाई भन्दैछन् "नमस्कार अनि छड्के सलाम !"  उनी अमेरिकाको रडियोमा पनि उस्तै कार्यक्रम संचालन गर्छन जस्तो उनले BFBS गोर्खा रेडियोमा संचालन गर्दथे | छड्के सलाम गर्ने उनको बानी च्यानल नेपालदेखि कै हो |

अहिले उनले कार्यक्रम संचालन गर्ने रडियोको नाम हो - रडियो जिन्दगी |

अमेरिकाको भर्जिनिया राज्यमा संचालित यो रेडियोबाट हिन्दि गीत र हिन्दि कार्यक्रमहरु प्रशारण हुने गर्दछ | छ बर्षदेखि संचालित यो रेडियोमा नेपाली कार्यक्रम संचालन गर्ने सरोज मात्रै हुन् | अन्लाईन रेडियोलाई छोड्ने हो भने अमेरिकाको ब्यबसायिक रेडियोमा नेपाली कार्यक्रम संचालन गर्ने पहिलो व्यक्ति सम्भबत: सरोज के.सी नै हुन् | अमेरिकामा आफैले अनलाइन रेडियो स्थापना गरि कार्यक्रम संचालन गर्नेहरु भने धेरै नै भेटिन्छन |

 पारिवारिक भ्रमणको शिलशिलामा पहिलो पटक अगस्तमा अमेरिका घुम्न निस्केका थिए सरोज | एक महिना मै नेपाल फर्किएका थिए उनि त्यतिबेला | यसपटक उनि डी.जे हंक नामक कार्यक्रममा अमेरिकाको न्यु योर्क आएका थिए | परिवार र आफन्तहरुलाई भेट्दा भेट्दै उनी यो रेडियोको सम्पर्कमा पुगेका थिए | भर्जिनियाका एक ब्यापारी राज गोपुरीको सम्पर्क र उनको सहयोगले सरोज रडियो जिन्दगीमा पुगेका थिए | स्टेशन म्यानेजर प्रविन श्यामलासंग कुरा भएपछी भने उनले कार्यारम संचालन गर्ने निश्चित भएको थियो |

सरोजले अहिलेसम्म पाच वटा कार्यक्रम संचालन गरिएसकेक छन् | उनले यहाँ पनि नेपाल कै र BFBS कै जस्तो फोनमा आफ्ना स्रोतासंग कुराकानी गर्दछन | रमाइलो गर्दछन र मन पर्ने गीत सुनाउछन | आफ्ना कार्यक्रममा सबै प्रकारका नेपाली गीतहरु सुनाउने गरेको सरोजले द नेपाल टुडेसंगको भेटमा बताए |

कार्यक्रममा सरोजले चर्चित नेपाली कलाकारहरुलाई पनि सहभागी गराएका छन् र स्रोतासंग गफ गराएका छन् | उनले भर्जिनियामा रहेका पुराना कलाकार कुमार बस्नेत र मधु क्षेत्रीसंग स्टुडियो मै कुराकानी गर्न भ्याए | यो अवधिमा अमेरिकाका बिभिन्न स्टेटका साथै नेपाल, युके, इजरायल लगायतका देशका नेपालीले उनको कार्यक्रममा फोन कल गरिसकेका छन् |

"म एक घण्टा कार्यक्रम चलाउछु तर हजार डलरले प्राप्त गर्ने खुशी मिल्ने गरेको छ | म अमेरिकामा भएपनि स्टुडियोमा छिर्दा र कलरहरुसंग गफिदा नेपाल मै छु जस्तो लाग्दछ | सन्तुष्टिको सिमा रहदैन |" सरोजले उत्साही हुदै भने |

सरोजको यो कार्यक्रम भर्जिनिया र डिसी मेट्रो क्षेत्रमा मेगाहर्जको 950AM मा सुन्न सकिन्छ | त्यसो त अमेरिकाका अन्य राज्यहरुमा पनि अन्य स्टेशन मार्फत प्रशारण हुने गर्दछ | साथै रेडियोको एप डाउनलोड गरेर विश्वभरी नै सुन्न सकिन्छ |

हाललाई हरेक सनिबार नौ देखि दश बजेसम्म मात्र एक घण्टा संचालित यो कार्यक्रमको समय थप्ने बिषयमा कुराकानी अगाडी बढिसकेको छ | सरोजले द नेपाल टुडेसंग भने, "स्रोताले समय थप्न सुझाब दिएका छन् | मलाई पनि अझै केहि समय त थप्नु पर्ला जस्तो नै लागेको छ |" उनले थपे- "स्टेसन म्यानेजर श्यामला सकारात्मक भएका छन् | म आशाबादी छु |"

न्यु योर्कको कार्यक्रममा आएका के.सी भर्जिनियाको रेडियोको रसमा आनन्दित देखेपछि मैले सोधें- "भनेपछी तपाई नेपाल नजाने ?" उनले मुस्कुराउदै जवाफ दिए, "अझै त समय छदैछ | यही बस्ने निर्णय गरें भने तपाई मार्फत नै सार्बजनिक गरुला |"