‘क्याराभान’ का नायक थिन्लेको घोडाबाट खसेर निधन



काठमाडौँ, अप्रिल २४
घोडाबाट लडेर ‘क्याराभान’ का नायक थिन्ले लोन्डुपको निधन भएको छ | ‘क्याराभान’ नेपालको एउटा चर्चित चलचित्र हो |

७२ वर्षिय थिन्लेको आइतबार घोडा चढेर डोल्पाको दुनैबाट आफ्नो घर साल्दाङ जाँदै गर्दा थिन्लेको घोडासँगै लडेर ज्यान गएको बुझिएको छ |

थिन्ले चढेको घोडालाई खच्चरले धकेलेपछि उनी घोडा सहित खसेको डोल्पा प्रहरीले जनाएको छ।

विश्वचर्चित चलचित्र क्याराभानमा उनले जीवन्त अभिनयबाट उनी निकै चर्चित बनेका थिए।

माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भालीले सन् १९९९ मा बनाएका थिए | उक्त चलचित्र ओस्कारसम्म पुगेको थियो।

माथिल्लो डोल्पाका अगुवा समाजसेवी थिन्ले चलचित्रमा देखिनुपूर्व साल्दाङ गाविसको अध्यक्षमा निर्वाचित भएर काम गरेका  थिए ।

हेर्नुस् उनको जिवन्त अभिनय रहेको क्याराभानको दृष्यः