बिदेशी व्यावसायीलाई पनि जापानमा पिआर


ह्याप्पी बन्धु "बिश्व"
जापान, अप्रिल ७

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले पहिलो पटक आफना सदस्यहरुका लागि परिचयपत्र वितरण गर्ने भएको छ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाका अनुसार आगामी केही महिना भित्रमा परिचय पत्र तयारी गरि वितरण गरिने जानकारी दिनुभयो। संस्थाको हालै वसेको पदाधिकारी वैठकमा जापानमा रहेका नेपाली साधारण सदस्यहरुका लागि पहिलो पटक परिचयपत्र वितरण गर्ने निणर्य गरे अनुरुप परिचय खुल्ने कार्ड सहितको कार्ड वितरण गरिने छ।

यसैवीच एनआरएनए जापानमा सदस्य रहनुभएका करिव चार हजार दुईसय जनालाई वितरण गर्न लागिएको परिचयपत्र कार्ड मार्फत आफनो कम्पनी तथा उत्पादनको प्रायोजक गर्न ईच्छुक कम्पनीहरुले एनआरएनए जापानमा आफनो ईच्छापत्र दर्ता गर्न अनुरोध गरिएको छ ।

 जापानका सदस्यहरुको नयाँ कार्ड एनआरएनए जापान आफैले वितरण गर्नेभए पनि यसमा आफनो कम्पनी तथा सेवाको वारेमा जानकारी पुरयाउन चाहनेहरुका लागि प्रायोजन गर्न सकिने बताईएको छ । परिचयपत्र देखाएर रेस्टुरेन्ट, ग्रोसरी स्टोर,मेन्यू चिरासी लगाएतका डिजाइन, प्रिनटिंग साथै विभिन्न क्षेत्रमा बिशेष सहूलियत लगायतका सुविधाहरु सदस्यहरूले प्रत्यक्ष रुपमा प्राप्त गर्न सकनेछन । सुबिधाका वारेमा एनआरएनए जापानको होमपेज मार्फत जानकारी गराइने छ ।

एनआरएनए जापानका प्रवक्ता संदीप ढुङगानाका अनुसार परिचयपत्र निमार्ण कार्य थालनी सुरु गरिसकिएको छ । यसका लागि केही कम्पनीहरुले आफनो सेवालाई जापानवासी नेपालीहरुमा पुरयाउन विभिन्न योजना ल्याउनु भएकाले अन्य ईच्छुक कम्पनीहरुको समेत ईच्छापत्र समैटने छौ ।

यस्तै एनआरएनए जापानका सचिव बुद्धि घिमिरेले भने नयाँ परिचयपत्र लामो समयसम्म चलाउन मिल्ने र भरपर्दो बनाउन जनस्तरबाट सल्लाह तथा सुझाव संकलन कार्यलाई समेत तिव्र बनाएको द नेपाल टुडेलाई जानकारी दिनुभयो । घिमिरेका अनुसार नयाँ वितरण हुने कार्ड कम्तिमा पाँच वर्षसम्म परिवर्तन नहुने किसिमको बनाउने तयारी भईरहेको छ ।

परिचयपत्र प्रायोजन गर्न चाहनु हुने र सहुलिएत(छुट)दिन चाहनुहुने महानुभावहरुले एनआरएनए जापानसंग सम्पर्क गर्न अध्यक्ष सुदन थापाले आग्रह गर्नुभएको छ । सम्पर्कका लागि एनआरएनए जापानको ईमेल nrnjapan2015@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।