एनआरएन अमेरिकाद्वारा रामेछाप र धादिंगका दुई बिद्यालयलाई रकम हस्तान्तरण


एनआरएन अमेरिकाको पहलमा भूकम्पमा परेका बिद्यालयको पुनर्निर्माणकालागि  संकलन गरिएको रकम मध्ये रामेछाप र धादिंगका दुई बिद्यालयलाई रकम हस्तान्तरण गरिएको छ |

गैरआवासीय नेपाली संघ सचिवालय काठ्माण्डौमा आयोजित कार्यक्रममा श्री जलदेवी मा बि खनियापानी, रामेछापका अध्यक्ष जीत बहादुर खड्का र उक्त मा.बीका प्र अ कृष्ण ब. खड्कालाई चेक हस्तान्तरण गरीएको थियो ।

विनाशकारी महाभूकम्प गएको एक वर्ष पूरा हुनलाग्दा एनआरएन अमेरीकाले पछिल्लो पटक  नेपालका दुई स्कुलको निर्माणमा सहयोग गरेको हो ।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरीकाले महाभूकम्पले क्षति पुर्याएको जलदेवी मा.बि. खनियापानी, रामेछाप र भानुभक्त नि.मा बि धादिंगलाई पॉच लाख अठ्ठाईस हजार दुई सय पचास भवन तथा कक्षा कोठा निर्माणको लागि सहयोग प्रदान गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा स्कुल पुनर्निर्माणमा सहयोग गर्न महत्वपूर्ण भुमिका गर्नुभएकोमा  एनआरएन अमेरीकाको सचिब शंकर खड्का लगाएत सम्पूर्ण कार्यसमितीलाई बिद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ |

रामेछाप जिल्लालाई सरकारले महाभूकम्पका कारण अति प्रभावित जिल्लामा राखेको कारण एनआरएन अमेरिकाले स्कुल निर्माणमा सहयोग पुर्याएको सचिब शंकर खड्काले द नेपाल टुडेलाई बताउनु भयो | यसका साथै जिल्लाका अन्य  बिद्यालयको पुनर्निर्माणकालागि अरु संघसंस्थालाई आग्रह गरेर सहयोग पुर्याएको पनि खड्काले बताउनु भयो |

रामेछाप घर भएका खड्काले भुकम्प नजादै पनि जिल्लाका बिद्यालय र क्याम्पसहरुको भौतिक निर्माणका पक्षमा धेरै सहयोग गर्दै आउनु भएको थियो |

आफैले प्रस्ताब गरेर रामेछापको सुनापति शहिद बहुमुखी क्याम्पस बिगतमा सहयोग गरेको पनि उहाँले स्मरण गर्नुभयो |

आफ्नो आग्रहलाइ सहजै रुपमा स्वीकार गरेर बिद्यालयको पुनर्निर्माणमा आर्थिक सहयोग गरेकोमा एनआरएनको सिंगो कार्य समितिप्रति सचिव खड्काले धन्यवाद पनि ब्यक्त गर्नुभयो |

,