कांग्रेस महामन्त्री कोइराला अमेरिकामा, कार्यकर्ता द्वारा भब्य स्वागत


न्यु योर्क, अमेरिका, अप्रिल २२ |

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अमेरिका आईपुगेका छन् | न्यु योर्क को जे.एफ.के. विमानस्थलमा नेता कोइरालालाई नेपाली कांग्रेस समर्थक सयौं कार्यकर्ताले स्वागत गरेका थिए |

कोइराला व्यक्तिगत र पारिवारिक भ्रमणका क्रममा उनी अमेरिका आएका हुन् | "म छोरी भेट्न र भतिजीको बिहेका लागि आएको हुँ | यहाँसम्म आईसकेपछि कार्यकर्ताहरुलाई पनि भेट्ने नै छु |" कोइरालाले विमानस्थल संचारकर्मीहरुलाई बताए |

कोइरालाको उपस्थितिमा एकै समयमा दुई स्थानमा कार्यक्रम राखिएको बिषयमा सोधिएको प्रश्नमा कोइरालाले भने, "म नै उहाँहरुलाई एकै ठाउंमा बोलाउछु |"  कोइरालाले  न्यु योर्कमा राखिएको दुवै कार्यक्रममा नजाने र आफैले उनीहरुलाई एकै ठाउंमा बोलाउने बुझिएको छ |

जनसम्पर्क समिति अमेरिकाको बिबादका बारेमा आफु जानकार रहेको बताउदै कोइरालाले समस्याको कारण बुझेर समाधान सुझाउने पनि बताएका छन् |

सरकार परिबर्तनका बारेमा कांग्रेसको धरान के भनेर सोधिएको प्रश्नमा कोइरालाले भने, "सरकारमा जानका लागि मात्र सरकार परिबर्तन गर्ने सोचमा कांग्रेस छैन | त्यहाँ गएर के गर्ने ? हामीले एजेन्डा बनाईसकेका छैनौं |" उनले कांग्रेसको प्राथमिकता सरकार नभएको पनि स्पष्ट पारे |

"सरकार एकलौटी रुपमा अगाडी बढेको छ | भुकम्प पिडितको कुनै ब्यबस्थापन हुन सकेको छैन | सदन शुरु भएपछी हामीले आफ्ना कुरा त्यही राख्छौं " कोइरालाले भने |

महामन्त्री कोइरालाले भर्जिनिया, टेक्सास र क्यालिफोर्निया लगायतका स्थानमा पुगेर कार्यकर्ता भेट्ने कार्यक्रम रहेको बुझिएको छ |

,