बार अध्यक्ष शेरबहादुर केसी विजयी

काठमाडौं–कानुन व्यवसायीहरूको संस्था नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा शेरबहादुर केसी विजयी भएका छन्। अध्यक्षसहित केसी नेतृत्वको लोकतान्त्रिक पक्षले २० पदमा विजय प्राप्त गरेको छ। बाँकी पदमा प्रगतिशील समूहका उम्मेदवार विजयी भए।

६ उपाध्यक्षमध्ये ४ उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा लोकतान्त्रिक समूहले वियज पाएको छ।
केसीका प्रतिस्पर्धी विजयकान्त मैनाली एकसय बढी मतले पछि परेका निर्वाचन समितिले जनाएको छ।