जापानको फुकुओका र टोक्योमा नेपाली नयाँ बर्ष धुमधाम हुने


सुर्य कर्पोरेसन जापानले आफ्नो ईन्टरटेन्टमेन्ट बिधा अनुरूप गोल्डन विकको अवसरमा जापानको फुकुओका र टोक्योमा ‘साकुरा नाईट’ नामक भब्य सांस्क्रृतिक कार्यक्रम गर्ने भएको छ । नेपालका अति चर्चित फरक/फरक बिधाका ५ कलाकारसहितको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले बताए ।

साकुरा नाईटमा नेपालका अति चर्चित सदावाहार गायक रामकृष्ण ढकाल, आधुनिक गायनका नयां आयाम तथा युवामनको ढुकढुकी हिमाल सागर, चर्चित गायीका मिलन अमात्य, जितु नेपाल मुन्द्रे र कार्यक्रम प्रस्तोता नरेश भट्टराईले जापानभरि धुम मचाउने छन । गायक रामकृष्ण ढकालको त विश्वको सबैभन्दा मन पर्ने मुलुकमा पर्छ जापान ।पांच वर्षको अन्तरालपछि छैठौं पटक जापान जान लागेका उनले जापानी गित पनि गाएका छन ।

फुकुओकाको च्युओ सिमिन सेन्टरमा मे को ३ तारिक मंगलबार दिनको ५ बजेवाट सुरुहुने कार्यक्रमको टिकट दर २,००० एन रहेको छ भने टोक्योको रोधि कल्वमा हुने कार्यक्रम मे को ८ तारिक आइतबार दिनको ५ बजेबाट नै सुरू हुनेछ । टोक्योमा १ पिउने पदार्थ र खाजा सेट सहित ३,००० को टिकट दर तोकिएको छ ।

जापानीहरुले मनाउने एक विशेष चाडका अवसरमा प्रवासी नेपालीहरुका माझ ‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेसनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्टसंग मिलेर गर्न लागेको हो । नेपालमा पहिलो पटक यस अघि ईन्डियाका टप गायक मिका सिंगको कन्सर्ट पनि गरेको ग्रिस्माले नै गरेको थियो ।

कार्यक्रमको बिस्तृत जानकारीका लागि सुर्य कर्पोरेसनमा ०८०९८०५२००८ वा ०९०८४०४२००९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।