सरकार हाम्रो ठुलो माग होइन कुरा त सुनिदिनुस


स्याङ्जामा संचालन गरिएको युबा हरु को लागि नमुना बाख्रा गाउँ अभियानले धेरै ठुलो आसा राखेर यो अभियान सुरु गरेको होइन । समान्य रूपमा खेरा गयको जमीन को उप्योग गर्न अनि अरब मलेसिया जाने युबा हरु लि आफ्नै जमीन को उप्योग गर्न सिकायर स्वरोजगार बनाउन मात्रै तालिम अनि भरोसा दिनु हो।

कहिले कतै बाट सहयोग नलिय पनि आज सम्म २०११ जना युबा हरुले निसुल्क रुप मा बाख्रा पालन तालिम लियर केही काम सुरु गर्नु भएको छ।

त्यस्तै एउटा हाम्रो बाख्रा गाउँ अभियान को तालिम लियर भर्खरै मात्रै बाख्रा पालनको  काम सुरु गरेका याम ( बाबुराम )बहादुर पौडेल स्वरेक -७ तोरिडाडा का युवा जो ७ बर्ष अरब दुबई बसेर अब आफ्नै जमीनको उप्योग गरेर बाख्रा अनि गाइपालन गर्ने योजना बनायका युवा लाई एक दिनको बाख्रा गाउँको तालिमले बाख्रा पालनमा लाग्न प्रोत्साहित पारो भने यस अभियान लागी सरकार ले आफ्नो कार्यक्रम मा राखेर युवाहरुको लागि अभियानको रूपमा लग्दा देशमा मासु को उत्पादन भै स्वदेशी उत्पादनले बजार पाउने अनि लाखौं युवा आफै स्वरोजगार हुने यस्तो अभियान किन सरकारले संचालन गर्न सक्दैन ?

आफुले संचालन गर्न नसके पनि राम्रो काम को लागि सकारात्मक सहयोग गर्दा सरकार को के बिग्रेरिन्छ र?

देशको पशु पालनको नीतिनिर्माता हरु काठमाडौमा बसेर असफल नीति बनायर राष्ट्रिय ढुकुटी सक्नु भन्दा एक पटक बाख्रा गाउँ अभियानको कुरा प्रभाव अनि संचालन बिधि अनि खर्च आदि कुरा हरेर आफ्नो नीति निर्माण गर्दा हजारौं युवाहरुको अन्तरआत्मा ले आशिर्वाद दिनेछ ।सकारात्मक काम को जब सम्म सम्मान गर्न सकिदैन तब सम्म आफ्नो पनि सम्मान हुदैन ।

(युबाहरुको लागि नमुना बाख्रा गाउँ अभियान स्याङ्जा )