चिसिँदै आएको ओली-दाहाल दूरी झन बढ्यो

काठमाडौं जेठ, १८–वैशाख अन्तिम साता सरकार फेर्ने रणनीति सतहमा आएसँगै चिसिएको प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्धमा थप दूरी बढ्दै गएको छ । उ

नीहरुबीच सोमबार विहान बालुवाटारमा भएको पौने घन्टाको चिया गफ पनि सौहार्द बन्न सकेन् । दाहालले माओवादी केन्द्रको संसदीय दल र हेडक्वार्टर नेता सम्मिलित बैठकमा आइतबार बजेट र ओली कार्यशैलीको चर्को विरोध गरेका थिए ।

 स्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने सर्तमा बालुवाटारमै अनौपचारिक सहमति भएअनुरुप अब बाटो खोल्नुपर्ने अडान राखे । ।