प्रधानमन्त्री जस्तै ‘हावादारी’ बजेट आउने भो : सभापति देउवा

काठमाडौं जेठ, १४–कांग्रेस सभापति एबं प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवाले बजेट दुरुपयोग हुन सक्ने बताएका छन् । प्रेस युनियनको रजत वर्ष शूभराम्भ कार्यक्रमलाई बिहीबार सम्वोधन गर्दै देउवाले प्रधानमन्त्रीले हावादारी आश्वासन बाँडदै हिडेकाले बजेट पनि कार्यन्वयन हुन नसक्ने गरी ‘हावादारी’ आउन लागेको बताए । ‘घरघरमा पाईप जोडिन्छ भन्छन तर जनताले अहिले सम्म ग्याँस पाएका छैनन् । हावाबाट विजुली निकाल्छु भन्छन लोडसेडिङ बढेको छु देउवाले भने,ुदेशको बजेट भनेको जनताले कर तिरेको पैसा हो । सरकारले हावादारी आश्वासन बाँडेर जनताको कर दुरुपयोग गर्न खोजिएको छ,’ देउवाले भने, ‘देशको बजेट भनेको जनताले कर तिरेको पैसा हो । सरकारले हावादारी आश्वासन बाँडेर जनताको कर दुरुपयोग गर्न खोजिएको छ ।’