मेरिल्याण्डमा " सेल्फी तस्वीर प्रतियोगिता-२०७३" मा प्रतियोगीहरुको सहभागिता उत्साहजनक


      अमेरिकाको  मेरिल्याण्ड राज्यमा निवासी नेपालीहरुलाई आपसमा आत्मियता, सद्भाव, भाईचारा एवं सहयोगको भावनालाई अविच्छिन्नरुपमा अगाडी बढाउने अभियानमा केही समय अघि देखि क्रियाशिल " मेरिल्याण्डका हामी नेपाली" टिमले नयाँ बर्ष २०७३ सालको शुरुवातसँगै पहिलो पटक यस मेरिल्याण्ड राज्यमा बसोवास गर्ने नेपाली समुदाय वीच आपसमा परिचित गराउने अभिप्रायले यही April 22 तारिक देखि आयोजना गरेको "सेल्फी तस्वीर प्रतियोगिता-२०७३" मा विभिन्न संदेश सहित सन्देशमुलक सेल्फी तस्वीरहरु पठाएर प्रतियोगितामा सहभागी हुनेहरुको क्रम तिव्ररुपमा बढिरहेको छ ।


 यस प्रतियोगितामा सहभागिता जनाउन सकिने अन्तिम मिती यही May 2 तारिक सम्म रहेको साथै May 13 तारिकका दिन प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट प्रतियोगीहरुलाई विजेता घोषणा गर्ने कार्यक्रम रहेको छ ।

 यस प्रतियोगितामा विजयी सहभागीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ जसको लागी मेरिल्याण्डमा भएका क्रियाशिल नेपाली व्यवसायीहरु Namaste Baltimore, Towson Auto Group, Butter Chicken जस्ता व्यवसायले पुरस्कारको प्रायोजन गरेका छन् भने अधिकारिकरुपमा प्रचारप्रसारको लागी मेडिया पार्टनरको रुपमा "The Nepal Today "अनलाईन पोर्टलले सहयोग गरेको छ ।

आगामी दिनहरुमा पनि यस्तै किसिमका रचनात्मक र समुदायलाई सकारात्मक संदेश दिने एवं सुचनाहरुको आदान प्रदान हुने विभिन्न समस्यामा कार्यक्रमहरु संचालन  गर्दै जाने कुरा यस प्रतियोगिता आयोजना गर्ने आयोजक "मेरिल्याण्डको हामी नेपाली" ले जानकारी गराएको छ ।