कांग्रेस नेत्री तथा समाजसेवी चित्रा के.सी अचानक अस्वस्थ




नेपाली जनसम्पर्क समिति अमेरिकाकी पूर्व केन्द्रिय सदस्य तथा संगठन बिभाग प्रमुख र  मेरिल्याण्डकी सक्रिय समाजसेवी चित्रा के.सी.लाई स्वास्थमा अचानक भएको गडबडीका कारण अस्पताल भर्ना गरिएको छ |

बाल्टिमोरमा ब्यबसाय समेत गर्दै आउनु भएकी के.सी. लाई बुधबार साँझ सात बजे स्वासप्रस्वाशमा अफ्टेरो भएपछि एम्बुलेन्स मार्फत अस्पताल लगिएको उहाँको पारिवारिक स्रोतले द नेपाल टुडेलाई जनाएको छ |

के.सी बुधबार साँझदेखि अचेत हुनुहुन्छ | फोक्सोमा अक्सिजनको मात्रा कम भएकोले कृत्रिम अक्सिजन दिईएको छ | अस्तिभन्दा केहि सुधार भएको भनेर डाक्टरहरुले बताएको के.सीकी कान्छी छोरी मोनिकाले बताईन |

चित्रा के.सीको अवस्थाले आफुलाई चिन्तित बनाएको र उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेको नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीले बताउनु भयो | उहाँले अहिले स्थानिय व्यक्तिहरुले अस्पतालमा पुगेर दिदिको सिघ्र स्वास्थ लाभको कामना गरेको पनि बताउनु भयो |

,