दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दा आपत्ति छैनः राणा

काठमाडांै बैशाख, २२-राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफूहरुको कुनै आपत्ति नरहने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लबले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरुको समर्थन रहे पनि नरहेपनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएको भन्दै पार्टीका प्रमुख तीन नेता र कार्य सम्पादन समितिको बैठक बसेर सरकारको विषयमा ठोस निर्णय गर्ने स्पष्ट पारे।
साक्षात्कारमा राणाले भूकम्पपछिको पुर्ननिर्माण र नाकाबन्दीको बेलाको आपूर्ति ब्यवस्थाको विषयमा जुद्धशमशेर र मरिचमान सिंहले गरे जति पनि काम गर्न नसकेको आरोप लगाउँदै अहिलेको सरकार मुलुकका कुनै पनि समस्या समाधानमा लचिलो नभएको आरोप लगाए।
उनले भने,‘ पुनःनिर्माणमा यो सरकार जुद्धशमशेर भन्दा अक्षम देखियो, पुनःनिर्माणको काम एकदमै धिमा गतिमा चलिरहेको छ। मरिचमान सिंहले १३ महिनासम्म नाकाबन्दी झेल्दा जहाजबाट तेल ल्याए तर यत्रो कालोबजारी भएन। नाकाबन्दी अत्य भएको दुई महिना बित्दा पनि अभाव जारी नै छ । यो भन्दा दयनीय सरकार अरु के हुन सक्छ ?’
राणाले मधेसको समस्या समाधान गर्न सरकार लचिलो नभएको भन्दै वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी गरे। उनले भने, ‘मैले प्रधानमन्त्रीलाई भनेको थिए । मधेसमा दुई प्रदेश हुने घोषणा गरेर उनीहरुलाई वार्तामा ल्याउन सकिन्छ । तर सरकारले वास्ता गरेन