प्रसन्न पौडेल निर्देशित मैनाको म्युजिक भिडियो सार्बजनिक



गायक तथा संगीतकार बिक्की श्रेष्ठको एल्बम रिदम अफ लभबाट 'मैना' बोलको गितको भिडियो सार्बजनिक  गरिएको छ |

 कुन्दन थापाको शब्दमा सुरज  श्रेष्ठले संगीत गरेका छन् |

चर्चाकी नायिका केकी अधिकारीसंग ईशानले अभिनय गरेका छन् | चर्चित म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका छन् | अमेरिका मै रहेका निर्देशक पौडेलले कार्यक्रमको शिलशिलामा अमेरिकामा रहेका केकीसंग यो भिडियोको काम सम्पन्न गरेका थिए |

नेपाली सांगीतिक क्षेत्रमा यो गीत अलि फरक खालको बनेको निर्देशक पौडेलले द नेपाल टुडेलाई बताए |

 गीतको म्युजिक भिडियोमा शम्भु मोक्तानले क्यामरामा सहयोग गरेका थिए भने हिमाल जोशीले सम्पादन गरेका थिए |


 

,