एमाओवादीले बोलायो स्थायी कमिटीको बैठक


काठमाडौं वैशाख, २२–आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एमाओवादीले स्थायी कमिटीको बैठक बोलाएको छ। बुधबार दिउँसो चार बजे बोलाइएको स्थायी कमिटीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने विषयमा छलफल हुनेछ। स्थायी कमिटीका एक सदस्यका अनुसार आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय र पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा समिक्षा हुनेछ। बुधबार विहान बसेको स्थायी कमिटीको बैठकको निर्णय सुनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बालुबाटारमा ओली र दाहालबीच छुट्टै वार्तासमेत भएको थियो। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रित दलसँग छलफल गर्ने भएको छ। दिउँसो दुई बजे नयाँ बानेश्वरमा हुने छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकार गठनका विषयमासमेत छलफल काग्रेसले जनाएको छ।  मधेसी मोर्चाले भने कांग्रेससँगको छलफल सरकार परिवर्तन र गठनको विषयमा छलफल नहुने बताएका छन्। मधेसी मोर्चाका नेता एवं तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले कांग्रेससँग हुने छलफल मधेसका मुद्दामा केन्द्रित हुने बताए। ‘ठूलो दलको हिसावले मधेसको समस्या समाधान गर्नुपर्छ भन्ने कांग्रेसको भनाइ छ,’ उनले भने,‘मोर्चा भनाइमा भन्दा पनि गराइमा विश्वास गर्छ। आज हुने छलफल पनि मधेस कै मुद्दामा केन्द्रित हुन्छ।