ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु सात जना घाईते

नवलपरासी, जेठ ४-नवलपरासीको गैंडाकोट ११ मा अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने सात जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटमा अनुसार भेडाबारीबाट आलेगाउँतर्फ जाँदै गरेको लु २ त ५५१४ नम्बरको ट्रयाक्टर सडकबाट करिव एक सय मिटर तल पल्टदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेको नाम ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा घाईते भएका सातै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक भने सम्पर्कमा नरहेको प्रहरीको भनाई छ ।