सुमधुर लोक सांगीतिक साँझ आज मेरिल्याण्डमा हुदै



नेपाली युवा समाज अमेरिकाले आयोजना गरेको सुमधुर लोक सांगीतिक साँझ आज मेरिल्याण्डमा हुदैछ |

कार्यक्रमका लागी सम्पूर्ण तयारी सकिएको आयोजक संस्थाका इन्दुराज रेग्मीले द नेपाल टुडेलाई जानकारी दिनु भयो |

"कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि सबै जनाको सक्रिय सहभागिताको आशा गरेका छौं" रेग्मीले भन्नु भयो |

कार्यक्रममा लोक तथा दोहोरी गायक गायिकाहरु कुलेंद्र विश्वकर्मा, संगीता थापा मगर, निशा सुनार, उदय भट्टराई, यत्ना कार्कीको प्रस्तुति रहने छ |

"यो कार्यक्रम मेरिल्याण्डमा हालसम्म भएका कार्यक्रमहरु मध्येको एउटा उत्कृष्ट कार्यक्रम बनाउन्र हाम्रो लक्ष्य छ", रेग्मीले थप्नुभयो, "लोक सांगीतिक कार्यक्रमबाट दर्शकहरुलाई भरपुर मनोरंजन दिलाउने हाम्रो उद्देश्य रहॆको छ |"

कार्यक्रममा गायिका निशा सुनार र गायिका संगीता थापा न्यु योर्कबाट आएर यहाँका दर्शकलाई नचाउने छन् | मोडल यत्ना कार्कीको बिशेष प्रस्तुति पनि रहने छ |

कलाकार उदय भट्टराईले आफ्नो पुरानै शैलीमा दर्शकहरुलाई भरपुर मनोरंजन दिनेछन् |

आज साँझ ६:३० देखि १२:३० सम्म हुने उक्त कार्यक्रममा सहभागी भईदिनुहुन आयोजकका तर्फबाट इन्दुराज रेग्मी आग्रह गर्नुहुन्छ |

यो कार्यक्रमको आयोजना हिमाल महत, दिनेश आचार्य, ईन्दुराज रेग्मी र रमेश सुबेदीको संयुक्त पहलमा यो कार्यक्रम हुदैछ |

प्रत्येक टिकटको शुल्क २५.०० डलर रहेको छ | डिनरको निशुल्क ब्यबस्था गरिएको छ|

यो कार्यक्रम स्थानिय माउन्ट एभरेष्ट रेष्टुरेन्टमा हुने छ | मे २२ तारिख आईतबार साँझ ६:३० देखि १२:३० सम्म कार्यक्रम हुने आयोजकले बताएका छन् |

कार्यक्रम हुने ठेगाना यसप्रकार छ : MOUNT EVEREST RESTAURENT
                                              7927 BELAIR ROAD
                                              NOTTINGHAM MD 21236


,