के बढ्यो, के घट्यो ?


काठमाडौं, जेठ १६ -

बियर एक लिटरमा ८ रुपैयाँ महँगो भएको छ, बियरमा यसअघि अन्त:शुल्क ९८ रुपैयाँ रहेकोमा अब १०६ पुगेको छ ।सुर्ती तथा चुरोटमा १३ प्रतिशतसम्म अन्त:शुल्क बढाइएको छ ।

मदिरामा न्यूनतम १० र अधिकतम १५ प्रतिशतसम्म अन्त:शुल्क बढेको छ ।सार्वजनिक यातायातमा सञ्चालन हुने विद्युतीय सवारी साधनमा अन्त:शुल्क पूरै छुट दिई भन्सार शुल्क १ प्रतिशत लगाउने सरकारको घोषणा छ ।

त्यस्तै, निजी विद्युतीय गाडीमा अन्त:शुल्क पूरै छुट दिई १० प्रतिशत मात्र भन्सार लाग्नेछ । सञ्चारगृहले पत्रपत्रिका लागि आयात गर्ने अखबारी कागजमा १ प्रतिशत मात्र भन्सार लाग्ने र महसुल छुट गरिएको छ  ।

क्यान्सर, मुटु र मिगौला रोगको उपचारमा लाग्ने उपकरण आयातमा मूल्य अभिवृद्धि करमा सबै छुट र भन्सार १ प्रतिशत मात्र व्यवस्था गरिएको छ ।