नेजाका वर्तमान महासचिव रहेका आचार्यद्धारा अध्यक्षमा उमेद्वारी घोषणा

अमेरिका, मे १, २०१६
नेपाल अमेरिका पत्रकार संघ, नेजाका महासचिवसमेत रहेका पत्रकार भोला आचार्यले अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् । कार्यसमितिको मे १ अर्थात आज आईतवार वसेको वैठकबाट आचार्यले सो पदका लागि आफ्नो उमेद्वारी घोषणा गरेको वताए । क्यानडा लगायत उत्तरअमेरिकामा रहेका नेपाली पत्रकारहरुको एकमात्र संगठन नेजाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर यहि मे ७ र ८ मा पाँचौ अधिवेसन तथा दशौ वार्षिक साधारण सभाको आयोजना गरेको छ । उक्त महाधिवेसले नयाँ कार्यसमिति चयन गर्नेक्रममा आचार्यको उमेद्वारी आएको हो । 

कार्यसमितिले आफ्नो उमेद्वारीको घोषणाको स्वागत गर्दै शुभकामना दिएको वताउदै उनले नेजालाई थप व्यवसायिक र मर्यादित वनाउदै पेशाकर्मीको हकहितमा व्यवसायिक ढंगले लाग्ने धारणा व्यक्त गरे । सो पदका लागि सल्लाहकारसमेत रहेका पत्रकार तारा बराल र पूर्व अध्यक्ष गुणराज लुईटेलले इच्छा रहेको वताईए पनि अहिलेसम्म कसैले उमेद्वारी औपचारिकरुपमा घोषणा गरिसकेका छैनन् । अध्यक्ष वन्नको लागि एक कार्यकाल कार्यसमितिमा वसेको हुनुपर्ने संस्थाको विधानले अध्यक्ष पदका प्रत्यासीको रुपमा हेरिएका तारा बराललाई ढोका बन्दा गरेको अवस्था छ । त्यसैगरि कुनैवेला पत्रकारितामा संलग्न भए पनि पछिल्लो समयमा निष्कृय जस्तै रहेको र आचार्यभन्दा कम मर्यादाक्रममा बसेर संस्थामा काम गरेकोले आचार्य नयाँ अध्यक्ष पदका लागि लगभग निश्चित देखिन्छ ।   

आचार्यको भनाई

12992279_10153719956045547_1153278552_n

विश्व प्रेस स्वतन्त्रता दिवस २०१६ को पूर्वसन्ध्यामा पत्रकारिता पेशामा संलग्न विश्वभरी रहेका सम्पूर्ण पेशाकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साथै पेशाको क्रममा ज्यान गुमाउनुभएकाप्रति हार्दिक श्रद्धान्जली अप्रण गर्दै घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यसै अवसरमा संसारभरका पेशाकर्मीहरुलाई संगठित भई पेशागत हकहितका लागि सदैव तयार रहनको लागि आग्रह गर्न चाहन्छु । 

सन् २००७ देखी क्रियाशिल क्यानडा लगायत उत्तर अमेरिकामा वसोवास गर्ने नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार, नेजाले विश्व प्रेस स्वतन्त्रता दिवसकै उपलक्षमा क्यालिफोर्नियाको लस एन्जलसमा यहि मे ७ र ८ मा पाँचौ अधिवेसन तथा दशौ साधारण सभाको आयोजना गरिएकोे सवैमा जानकारी गराउन चाहन्छु । अधिवेसनकै क्रममा नयाँ नेतृत्व चयनको क्रममा रहेको नेजामा वर्तमान महासचिवको जिम्मेवारीमा रहेको म, भोला आचार्यले नयाँ कार्यसमितिको नेतृत्वको लागि तयार गरेको कुरा जानकारी गराउन चाहन्छु । कार्यसमितिमा मर्यादाक्रममा भएको नाता तथा कार्यसमितिमा एक कार्यकाल पुरा गरेको पदाधिकारी नेतृत्वको लागि योग्य रहने संस्साको विधानको पालना गर्दै मैले अध्यक्ष पदको लागि तयार रहेको घोषणा गर्न चाहन्छु । संस्थाको विधि प्रक्रियाको अक्षरस पालना गर्दै सहमतिय प्रणालीबाट संस्थाको नयाँ कार्यसमिति चयन होस भन्ने अपेक्षा सहित सवैलाई यसमा सहजिकरणको लागि आर्दिक अपिल गर्न चाहन्छु । कार्यसमिति मात्रैले संस्थाको सम्पुर्ण जिम्मेवारी पुरा हुननसक्ने भएकोले सम्पूर्ण नेजा सदस्य साथीहरुलाई संगठित वन्दै पेशागत हकहितको लागि हातेमालो गरिदिनको लागि विनम्र अनुरोध गर्न चाहन्छु ।

धन्यवाद
भोला आचार्य 

वर्तमान महासचिव तथा अध्यक्ष पदका प्रत्यासी, नेपाल अमेरिका पत्रकार संघ, नेजा