आखेटोपहारसहित दुई जना प्रक्राउ

डडेल्धुरा, वैशाख २८ – डडेल्धुराको परशुराम नगरपालिका – १२ लालढुङ्गाभमा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबी र ईलाका प्रहरी कार्यालय जोगबुडाको संयुक्त टोलीले सुराकीको आधारमा सोमबार राती दुई जनालाई दुई वटा चितुवाको छाला र हड्डीसहित पक्रेको हो । प्रक्राउ पर्नेमा परशुराम नगरपालिका – ७ घुम्टेगडाका ३५ वर्षे जयबहादुर बोहरा र २५ वर्षे मानबहादुर महतो छन् । उनीहरुलाई आखेटोपहारसहित सेक्टर वन कार्यालयमा बुझाई छानवीन भइरहेको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्यामजंग शाहले बताउनुभयो । उनीहरुको साथबाट ८ फिट ८ ईन्च लम्वाई र २ फिट २ ईन्च चौडाई भएको एक थान तथा ८ फिट लम्वाई र  १ फिट ९ ईन्च चौडाई भएको एक थान गरि दुई थान छाला तथा ८ किलो ७ सय ग्राम चितुवाका हड्डी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।