क्यानाडाको लन्डन सहरमा पनि मनाइयो बुद्ध पुर्णिमा


बलराम काफ्ले क्यानाडा


गुरुङ्ग कोपोरेटिप सोसाईटी अफ लण्डन ओन्टारिओ क्यानाडाले बुद्ध पुर्णिमाको उपलक्ष्यमा मे २१, २०१६ का दिन विविध धार्मिक तथा सास्कृतिक कार्यक्रम सु-सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा बौद्ध गुरु, लामाद्वरा पुजा-आजा अनि धार्मिक प्रबचन गरी आरम्भ गरिएको थियो भने ओम पोख्रेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन भने बलराम काफ्लेले गर्नु भएको थियो ।

कार्यक्रममा स्थानिया कलाकर अनि विन्सोर ओन्टारियोबाट अतिथी कलाकारको प्रस्तुती रहेको थियो ।

अतिथी कलाकरहरुमा राधिका अधिकारि, टिका ढुङ्गाना शिरजाना प्रदान अनि बबीता  बस्नेतले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

हिन्दू मन्दिर पेरिसरमा आयोजित उक्त कार्यक्रम तुल बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो |