मेरिल्याण्डमा सुमधुर लोक सांगीतिक साँझको आयोजना



अमेरिकाको मेरिल्याण्डमा लोक सांगीतिक साँझको आयोजना गरिएको छ |

अमेरिकाको भ्रमणमा रहेका चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा र अमेरिकामा नै बसोबास गर्दै आएका कलाकारहरुले उक्त कार्यक्रममा आफ्नो प्रस्तुति देखाउने छन् |

"यो कार्यक्रम विशुद्द रुपमा मनोरन्जनात्मक हुनेछ" आयोजक मध्येका एक युवा ईन्दुराज रेग्मीले द नेपाल टुडेलाई बताउनु भयो | "मेरिल्याण्डमा रहेका हाम्रा कलाकारहरुको कला मेरिल्याण्डबासीलाई पस्कन कार्यक्रमको आयोजना गरेका हौँ " रेग्मीले थप्नु भयो |

कार्यक्रममा सिर्जना बिरही थापा, उद्दब भट्टराई, निशा सुनार लगायतका कलाकारको लोक प्रस्तुति रहने छ | हिमाल महत, दिनेश आचार्य, ईन्दुराज रेग्मी, रमेश सुबेदी र प्रकाश श्रेष्ठको संयुक्त पहलमा यो कार्यक्र हुदैछ |

प्रत्येक टिकटको शुल्क २५.०० डलर रहेको छ | डिनरको निशुल्क ब्यबस्था गरिएको छ|

यो कार्यक्रम स्थानिय माउन्ट एभरेष्ट रेष्टुरेन्टमा हुने छ | मे २२ तारिख आईतबार साँझ ६:३० देखि १२:३० सम्म कार्यक्रम हुने आयोजकले बताएका छन् |

कार्यक्रम हुने ठेगाना यसप्रकार छ : MOUNT EVEREST RESTAURENT
                                              7927 BELAIR ROAD
                                              NOTTINGHAM MD 21236

,