रुखबाट खसेर वृद्धको मृत्यु

भीमदत्तनगर जेठ, ४- कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा सोमबार रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका अनुसार रुखमा हाँगा काट्न चढेका दोधाराचाँदनी नगरपालिका–४ का ६२ वर्षीय कालुसिंह ठकुरीको मृत्यु भएको हो । स्थानीय मालिका सामुदायिक वनमा उक्त घटना भएको प्रहरीले जनाएको छ । रासस