सालकको खपटासहित दुई पक्राउ

काठमाडौँ वैशाख, २८- महानगरीय प्रहरी अपराध महाशाखाले दुर्लभ वन्यजन्तु सालकको खपटासँगै दुईजनालाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले सोमबार दुई केजी सालकको खपटा बेचबिखन गर्न लागेको अवस्थामा रामेछाप घर भई हाल बौद्ध बस्ने तीर्थ श्रेष्ठ र अशोक श्रेष्ठलाई बौद्धबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाएको प्रहरीले जनाएको छ । रासस