नेपाल जापान बिद्यार्थी समाजको सांगीतिक कार्यक्रम हुने


ह्याप्पी बन्धु "बिश्व"
जापान
 आऊँदो मे २९ तारिख आइतवार जापानको टोक्यो रोधी क्लवमा  हुने 'नेपाल जापान बिद्यार्थी समाजको प्रथम वार्षिक उत्सव तथा विशेष सास्कृतिक महोत्सव २०१६ ' नाम दिईएको उत्त कार्यक्रमको तयारी अन्तिम चरणमा  पुगेको छ ।

उक्त कार्यक्रमका दिन विमोचन गर्ने भनिएको ' विधार्थी डायरी ' नामक पुस्तक र गोजि पात्रो नेपालमा छाप्ने काम भईरहेको र अवको केहि दिनमै जापान आईपुग्ने कार्यक्रम संयोजक एवंम समाजका महासचिव चेतन पौडेलले जानकारी दिनुभएको छ ।

 बिहान ११ बजेवाट सुरु हुने कार्यक्रममा पहिलो चरणमा औपचारिक कार्यक्रम  र दोस्रो चरणमा स्थानिय गायकहरु सुर्य खड्का,रामकृष्ण बम मल्ल,विनोद भण्डारी, युवराज आचार्य, समुन्द्रराज पौडेल हास्यकलाकार कुमार श्रेष्ठ फर्सिलाल, प्रदीप कार्की, नृत्यगंनाहरु संगिता क्ष्रेत्री, सनम शाही, प्रियंका  चोखाल र दिव्या नेपालको वेजोड प्रस्तुती हुने आयोजक संस्था नेपाल जापान बिद्यार्थी समाजका अध्यक्ष सन्तोषवावु चोखालले द नेपाल टुडे डट कमलाई जानकारी दिनुभएको छ साथै क्षेत्रिय समिती सेन्दाई र क्युसोवाटपनि कार्यक्रमको लागी प्रचार प्रचार तिव्र भईरहेको वताईएको छ

,