​जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, ९ जना विरामी

पाँचथर, जेठ १५- जंगलबाट ल्याएको च्याउ खाएर पाँचथरका छुट्टाछुट्टै स्थानका तीन जनाको ज्यान गएको छ । अरु ९ जना घाइते भएका छन् । शनिबार बिहान जंगलबाट ल्याएको विषाक्त च्याउ खाएर थर्पु ६ बस्ने धनबहादुर मावोकी ११ वर्षे छोरी एलीजा माबोको ज्यान गएको छ ।
आङ्ना १ की ४५ वर्षे पदममाया माङ्लाक र उहाँकी १३ वर्षे छोरी कविताको जंगाली च्याउ खाएर ज्यान गएको प्रहरीले जनाएको छ ।
एलीजाको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने कविताको धरानस्थित घोपा अस्पताल र उनकी आमा पदममायाको नोबेल अस्पताल विराटनरमा उपचारको क्रममा मृत्यु भएको हो । कविता र पदममाया गत सोमबार जंगली च्याउ खाएर विरामी परेपछि उपचारको लागि घोपा र विराटनगर लगिएको थियो ।
पाँचथर प्रहरीका अनुसार  जंगली च्याउ खाएर अन्य ९ जना विरामी परेका छन् ।  थर्पु ६ का धनबहादुर मावो, उहाँका छोराहरु १४ वर्षे पुष्पल, ५ बर्षका प्रशान्त मावो र ८ वर्षे छोरी सिर्जना मावो विरामी छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै कुरुम्बा ४ बस्ने ४४ बर्षका देवीकुमार लावती, उहाँकी ४४ वर्षिया श्रीमती कल्पना लावती र छोराहरु २१ बर्षका राजेन्द्र लावती, १९ वर्षका दिपेश लावती र १६ वर्षका दिनेश लावती  विरामी छन् ।
विरामी परेकाहरुको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भईरहेको पाँचथरका प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।