रोनाल्डो मैदानमा लडे

एजेन्सी जेठ, १२-स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफू म्याम्पियन्स लिगको फाइनलका लागि फिट हुने बताएका छन् ।

रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिका लागि आउँदो शनिबार छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग खेल्दैछ । रोनाल्डो मंगलबारको प्रशिक्षणको क्रममा मैदानमा लडेका थिए । उनी खुट्टामा समस्या भएपछि मैदानमा लडेका हुन् ।

त्यसपछि उनी मैदानबाट असिजिलो गरी हिँडेर बाहिर गएका थिए । प्रशिक्षणको क्रममा गोलरक्षक किको कासिलासँगको ट्कल गर्दा रोनाल्डो लडेका हुन् । उनको थाइमा समस्या देखिएको छ ।

रोनाल्डोले भने ‘यो सामान्य समस्या हो, केही समयका लागि म प्रशिक्षणबाट बाहिर भएको छु, तर फाइनलका लागि म तयार हुनेछु ।’ रोनाल्डोले यो सिजन सबै प्रतियोगितमा अहिलेसम्म ५१ गोल गरेका छन् ।

यो वर्षको च्याम्पियन्स लिगको फाइनललाई सन् २०१४ कै फाइनल दोहोरिएको जस्तो छ । त्यो खेलमा रियल मड्रिड ४–१ ले विजयी भएको थियो । रोनाल्डो गएको अप्रिलमा थाइको चोटका कारण तीन खेलमा मैदान बाहिर रहेका थिए । उनी यो सिजनको ला लिगाको अन्तिम खेलमा पहिलो हाफसम्म मात्रै खेलेका थिए ।