पर्बतका सांसद र गायकसंग रमाइलो भेटघाट हुने


पर्बत मोदिकाली समाज मेरिल्याण्डले पर्बतका सांसद कल्पना चापागाईं र लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माको सम्मानमा रमाइलो भेटघाट कार्यक्रम गर्ने भएको छ | कार्यक्रम यहि मे ३० तारिखका दिन हुने समाजका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ |

नेपालमा पर्बत जिल्ला घर भएका र हाल अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरुले आफ्ना सांसद र लोकप्रिय गायकसंग छलफल सहित रमाइलो गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ |

छोटो सूचनाका आधारमा उक्त कार्यक्रम गर्न लागिएको पर्बत मोदिकली समाजका साधारण सदस्य ईन्दुराज रेग्मीले द नेपाल टुडेलाई बताउनु भयो | बाल्टिमोरमा रहेर अमेरिकाको मूलप्रबाहको राजनीतिमा सक्रिय युवा एच. बी भण्डारीको घरमा यो कार्यक्रम गर्न लागिएको पनि रेग्मीले बताउनु भयो |

सोमबार साँझ ७ बजे देखि कार्यक्रम हुने अध्यक्ष श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ |

उपस्थित हुन चाहनेहरुले आयोजकहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ | कार्यक्रम हुने स्थान 4213 cadwell Ave.  Nottingham,  MD, 21236 रहेको छ |