स्तन क्यान्सरको वंशाणुगत कारण पत्ता लाग्यो

एजेन्सी वैशाख, २१-स्तन क्यान्सर हुने वंशाणुगत कारण पत्तालगाउने खोजमा आफूहरु निकै नजिक पुगेको वैज्ञानिकले बताएका छन् ।स्तन क्यान्सरको वंशाणुगत कारणका बारेमा लगभग सबै कुरा स्पष्ट भएको र यो रोगको उपचारका लागि कोशेढुंगा सावित हुने वैज्ञानिकको भनाई छ । यस सम्बन्धी अध्ययन प्रतिवेदन नेचरमा प्रकाशित भएको छ । स्तन क्यान्सरको उपाचर तथा रोगबाट जोगिन पछिल्लो अध्ययन फलदायी हुने वैज्ञानिकको विश्वास छ । स्वस्थ स्तनमा क्यानसरको संक्रमण हुनुको सबै कारण पत्तालगएको अनुसन्धानमा संलग्न क्यान्सर अनुसन्धान युकेका वैज्ञानिकले बताएका छन् । यो अनुसन्धान डिएनएमा हुने कस्तो कमजोरीका कारण स्तन क्यान्सर हुन्छ भन्ने पत्ता लगाउन धेरै हदसम्म सफल रहेको र यसले क्यान्सरका नयाँ औषधि तथा उपाच पद्धति विकास गर्न सहयोग गर्ने क्यान्सर अनुसन्धान युकेले जनाएको छ । अन्तर्राष्ट्रिय वैज्ञानिकको टिमले मानिसका तीन अर्ब वंशाणुगत कोडको बारेमा अनुसन्धान गरेको र त्यसमा ५ सय ६० स्तन क्यान्सर थिए । मानिसको शरीरमा २० हजार भन्दा धेरै वंशाणुगत कोष वा जीन हुने र अनुसन्धानबाट स्तन क्यान्सरका लागि कारक बन्न सक्ने ९३ जीन पत्ता लागेको प्रमुख अनुसन्धाकर्ता सानजेर इन्स्टिच्युट क्यामब्रिजका निर्देशक प्रोफेसर सर मिके स्टार्टनले बताउनुभयो । केही अझै पत्ता लाग्न बाँकी रहेको उहाँले बताउनुभयो । यो अनुसन्धानले स्तन क्यान्सरको उपाचारमा ठूलो सफलता हात पर्ने उहाँको दाबी छ ।