संगीतको गीत बजारमा (भिडीयो सहित)



ह्याप्पी बन्धु "बिश्व"

सेन्दाई, जापान /

नेपाली लोक गीत संगीतका पारखीहरुका लागि गीतकार संगीत पंगेनीको नयाँ लोकगित युटुब मार्फत सार्वजनिक भएको छ |

स्यांग्जाको चापाकोट नगरपालिकामा जन्मेका र हाल जापानमा अध्ययनरत संगित पंगेनीको शव्द सृजना रहेको "म यसै टाढा बन्न सक्छु " बोलको गीतको म्यूजिक भिडीयो सार्वजनिक गरिएको छ ।

गायक नारायण अधिकारी र देवि घर्ती मगरले स्वर दिएको उक्त गीतमा चर्चित मोडल रन्जिता गुरुङ र विमल अधिकारीले अभिनय गरेका छन् । राशिका डिजीटलको प्रस्तुतिमा बजारमा ल्याईएको यस म्युजिक भिडीयोको चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेका छन् "म यसै टाढा बन्न सक्छु, जे गर्दा खुशी हुन्छे जे गर्दा रमाँउछौ |

त्यसै त्यसै गर माया यहाँ भन्दा अरु मैले के नै गर्न सक्छु" आफ्नो प्रेमिकालाई प्रेमिले दिएको मायाले गर्दा कहिलेकाहि हुने अविश्वास अनि खटपटमा पनि प्रेमिको खुशी हेर्न चाहेको र टाढा टाढा हुन खोज्दापनि नसकिएको घटनालाई आधारित बनाएर गीतकार पंगेनीले रचेको उत्कृष्ट गीतलाई गोर्खाली गायक नारायण अधिकारी र संगित पंगेनीले संयुक्त रुपमा बजारमा ल्याएका हुन् |

भिडियो हेर्नुहोस